Tuesday, September 22

समाचार

आज विश्वकर्मा पूजा, फलामे औजारको पूजाआजा गरिँदै, विश्वकर्मा बाबा दर्शन गरौँ  ….जय विश्वकर्मा बाबा

आज विश्वकर्मा पूजा, फलामे औजारको पूजाआजा गरिँदै, विश्वकर्मा बाबा दर्शन गरौँ ….जय विश्वकर्मा बाबा

Posted in समाचार
काठमाडौं : आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण देशभर बढ्दै गएकाले सुरक्षित भएर दिवस मनाउनुपर्ने अवस्था छ । गत चैत ११ गतेदेखि नै धेरै कलकारखाना बन्द छन् । खुला भएकामा पनि थोरै जनशक्तिले मात्र भौतिक दूरी कायम गरी काम गरिरहेका छन् । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।
गुजारा चलाउन नसक्दा आत्महत्या, तीन छोराछोरीको बिजोक

गुजारा चलाउन नसक्दा आत्महत्या, तीन छोराछोरीको बिजोक

Posted in समाचार
मोरङको सुन्दरहरैचा नगरपालिका– १० सुकुम्बासी बस्तीका ४७ वर्षीय अशोक दर्जीको दैनिकी दुःख सुख चलेकै थियो । मजदुरी गरेर ६ जनाको परिवार पालेका थिए । राम्रो कमाइ हुने भन्दै विदेश जान लागेकी श्रीमतीलाई दलालले दिल्ली पुर्‍याए । दिल्ली पुगेको केही दिनपछि लकडाउन सुरु भयो र श्रीमती दिल्लीमै अलपत्र छिन् । निर्माण क्षेत्रमा मजदुरी गर्ने अशोकले पनि काम पाएनन् । आम्दानीको बाटो बन्द भयो, परिवारमा भोकमरी नै लाग्ने स्थिति आयो । लकडाउन पाँच महिना संघर्ष गरेका उनले दुई छोरी र एक छोराको पेट पाल्न घरमा भएको ग्यास सिलिण्डर पनि बेचे । त्यतिञ्जेल पनि काम पाएनन् । अशोकले मंगलबार आत्महत्या गरेपछि १७ र १५ वर्षकी छोरी र १३ वर्षका छोराको बिचल्ली भएको छ । जेठी छोरीको भने विवाह भइसकेको छ । ‘हामी घरमा पुग्दा छातीमा राख्ने चामल पनि थिएन’ स्थानीय अगुवा कुमार मिजारले भने ‘सहयोग संकलन गरेर पोष्टमार्टम पछि दाहसंस्कार
१५ दिनका लागि आवश्यक खाद्यान्न जोहो गर्न आग्रह, काठमाडौं उपत्यकामा कर्फ्यु !

१५ दिनका लागि आवश्यक खाद्यान्न जोहो गर्न आग्रह, काठमाडौं उपत्यकामा कर्फ्यु !

Posted in समाचार
काठमाडौं - काठमाडौँ उपत्यकाका नगरपालिकाका मेयरहरूले १५ दिन कर्फ्यु लगाउन माग गरेका छन् । कोरोना संक्रमण फैलिएकाले दुई साता कफ्र्यु आदेश जारी गरी निषेधाज्ञा कडा बनाउनुपर्ने मेयर फोरमको सुझाव छ । मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले फोरमको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कर्फ्यू आदेश जारी गर्न सुझाव दिएको बताए । उनले १५ दिनसम्म भएको निषेधाज्ञाको अवस्थामा संक्रमण फैलिन नपाएको र अझैपनि मानिसहरु बाहिर निस्कने काम भइराखेकाले यसलाई रोक्न संक्रमणलाई पूर्ण रुपमा नियन्त्रणमा लिन कर्फ्यु नै सबैभन्दा उत्तम विकल्प भएको जानकारी दिएका हुन् । कोरोना भाइरस संक्रमण समुदाय स्तरमा फैलिइसकेको अवस्थामा मानिसहरुको आवागमनलाई पूर्ण रुपमा निषेध नगरीकन नियन्त्रणमा लिन कठिन हुने भन्दै उनले खालको निषेधाज्ञाबाट विपन्न वर्गहरुमा समस्या पर्नेतर्फ उपत्य
यी ५ मध्ये एक चीज पर्समा राख्नुहोस्…पैसाको कमी हुँदैन्…

यी ५ मध्ये एक चीज पर्समा राख्नुहोस्…पैसाको कमी हुँदैन्…

Posted in समाचार
मानिसहरूधेरै भन्दा धेरै धनसम्पति कमाउन कडा मेहेनत गर्न पछि हट्दैनन । तर लाखैा कोशिस गर्दा पनि हातमा पैसा टिक्दैन ।समुद्र शास्त्रमा यो बताइएको छ कि केही खास चीज यदि गोजीमा राख्नाले धन सम्पति टिकाउ हुने गर्दछ। यी पाँच चीजहरू गोजीमा राख्नाले तपाइको गोजी कहिले खाली हुने छैन। -आफ्नो पर्स मा धनकी देवी माता लक्ष्मी को तस्बिर राख्नुहोस। माता लक्ष्मी को कृपाले तपाइको आफ्नो पर्स कहिले खाली हुने छैन। -आफ्नो गोजीमा कमलको दाना अर्थात् कमलको बिजको दाना राख्नाले तपाइसग पैसा को कमि कहिँले हुने छैन। -पर्समा अक्षता राख्नाले पनि बडि भन्दा बडी फाइदा हुन्छ। भनिन्छ कि पर्समा थोरै चामल राख्नले फजुल खर्च रोकिन्छ। -गोजीमा श्रीयंत्र राख्नले पैसा सग जोडिएका सबै काम कुराहरुमा फाइदा मिल्दछ। यसलाई सधै आफ्नो पर्स मा राख्नुहोस। -पर्समा सानो ऐना राख्नाले पनि धनको बचत हुन्छ। तपाइको पैसा फजुलमा खर्च हु
धन लाभ हुनुअघि मिल्छन् यस्ता संकेत।हेर्नुहोस

धन लाभ हुनुअघि मिल्छन् यस्ता संकेत।हेर्नुहोस

Posted in समाचार
हिन्दू धर्मशास्त्रमा शुभ र अशुभ विषयबारे उल्लेख गरिएको पाउन सकिन्छ।अहिलेको वैज्ञानिक युगमा यस्ता कुराहरुमा विश्वास नगर्नेको संख्या उल्लेख्य छ तर केहीले भने यस्ता कुरुालाई सही मान्छ जिवनमा विभिन्न कालखण्डमा आउने विभिन्न संकेतले शुभ र अशुभ कुराबारे जानकारी दिने धर्म शास्त्रहरुमा उल्लेख गरिएको छ । त्यस्ता संकेतमा भविष्यमा हुने घटना परिघटनाका बारेमा सूचना प्राप्त गर्न सकिन्छ।यस्तै खालका संकेतकामा सपना पनि एक माध्ययम हो । केही संकेत यस्ता हुन्छन जसले हामीलाई धन प्राप्त हुने बारेमा पहिले नै बताई दिन्छन् । त्यस्ता संकेतलाई सम्झनु आवश्यकता हुन्छ । केही यस्ता संकेत छन् जसले भविष्यमा कसरी धन प्राप्त हुन्छ भन्ने कुराहरुको बारेमा पहिलेनै संकेत दिने मान्यता रहेको छ । विहीबारको दिन कुनै कुमारी कन्यालाई पहेँलो बस्त्रमा देख्नु भयो भने पनि शुभ संकेत मान्नुहोस् तपाईलाई धन लाभ हुन सक्छ । यदी तपाईंको द
बिहानै आयो दुखद खबर कोरोना बाट अध्यक्षको ज्यान गयो ……

बिहानै आयो दुखद खबर कोरोना बाट अध्यक्षको ज्यान गयो ……

Posted in समाचार
शेर्पा सङ्घ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाबाट निधन भएको छ । भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे निधन भएको पाल्पा समाज युकेका अध्यक्ष वाचस्पति रेग्मीले जानकारी दिनुभयो । गत असार २९ गते कोरोना सङ्क्रमण देखिएपछि उहाँलाई केन्टको विलियम हार्भी अस्पतालमा भर्ना गरिएको थियो तर दुई हप्तासम्म पनि कुनै सुधार नभएपछि लण्डनको सेन्ट थोमस अस्पतालमा सारिएको थियो । एक साताअघि कोरोना परीक्षण गर्दा सङ्क्रमण मुक्त भएको भनिए पनि उहाँको कलेजोको समस्यामा भने कुनै सुधार हुन सकेको थिएन । भूतपूर्व गोर्खा सैनिक रहनुभएका शेर्पा आफ्ना तीन छोरा र श्रीमतीसहित बेलायतको केन्टमा बस्दै आउनुभएको थियो । उहाँका बुबाआमा भने नेपालमै हुनुहुन्छ ।
आज कुशे औँशी तथा बाबुको मुख हेर्ने दिन

आज कुशे औँशी तथा बाबुको मुख हेर्ने दिन

Posted in समाचार
भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कशु त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ । पितृ सम्
गयो शक्तिशाली भूकम्प, क्षतीको विवरण आँउन बाँकी

गयो शक्तिशाली भूकम्प, क्षतीको विवरण आँउन बाँकी

Posted in समाचार
मनिला । फिलिपिन्समा मंगलबार बिहान शक्तिशाली भूकम्प गएको छ । अन्तराष्ट्रिय मिडियाका अनुसार ६।७ रेक्टर स्केलको भुकम्प गएको हो । भूकम्पको केन्द्र ११ किलोमिटर गहिराइमा रहेको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ । कम्पबाट सुनामीको चेतावनी भने नरहेको समाचारमा जनाइएको छ । भूकम्पबाट के कति क्षति भयो भन्न विवरण आँउन बााकी हरेको बताइएको छ ।
कलाकारकै यस्तो हविगतः जेरीले बिहे गरेको छ महिनामै जन्माइन बच्चा!

कलाकारकै यस्तो हविगतः जेरीले बिहे गरेको छ महिनामै जन्माइन बच्चा!

Posted in समाचार
काठमाण्डौ – बबिता बानियाँ जेरी आमा बनेकी छिन् । गत साल शंकर क्षेत्रिसंग बैबाहिक जीवनमा बाधिएकी बबिता यही आउँदो दसैंमा आमाको भुमिकामा देखिने भइको थिइन् तर म्यूजिक भिडियो भन्दा अगाबै उनी आफ्नै सन्तानकी आमा भैसकेकी छन् । बबिता र शंकर पेशाले दुबै गायक हुन् । उनिहरुले गाउने पेशासंगै एक दोहोरी साझापनी संचालन गर्दै आएका छन् । बबिता बानिया”जेरी” र शंकर क्षेत्रि आज छोरीको अभिभावक बनेका छन् । भनिन्छ आमा बाबा बन्नु पनि सौभाग्य को कुरा हो आज बाट हाम्रो घरमा एउटा नया मान्छेको आगमन wel come to u my cute princess अनि धन्यवाद र बधाइ मेरो जिबन सङ्गिनि बबिता बानिया जेरि मलाइ बाबा बन्ने र तिमि आमा बनेको यो अवसरमा र बिसेस धन्यबाद डा रोसन रायमाझिको होल टिमलाइ यो सफल अप्रेशन को लागि ।
११ वर्षपछि सूर्यमा ठूलो हलचल, पृथ्वीलाई खतरा !

११ वर्षपछि सूर्यमा ठूलो हलचल, पृथ्वीलाई खतरा !

Posted in समाचार
काठमाडौं । कोरोना भाइरसका कारण अहिले संसारका धेरै देशहरु लकडाउनमा छन् । तर वैज्ञानिक भाषामा भन्नुपर्दा संसारलाई उज्यालो बनाउने सूर्य विगत ११ वर्षदेखि नै लकडाउनमा थियो । अन्ततः अहिले सूर्य लकडाउनबाट बाहिर निस्किएको छ, अर्थात् सूर्य जागेको छ । सूर्यमा एउटा विशाल धब्बा अर्थात् सौर्य धब्बा देखा परेको छ । उक्त धब्बा यति ठूलो छ कि यसबाट निस्कने सौर्य ज्वालाले पृथ्वीलाई समेत नोक्सान पुराउन सक्दछ । वैज्ञानिकहरुका अनुसार सौर्यज्वाला अर्थात् सोलार फ्लेयर्सका कारण पृथ्वीको भूउपग्रह जडित सञ्चार व्यवस्थामा बाधा उत्पन्न हुने खतरा छ । अर्थात् स्याटेलाइट कम्युनिकेसनमा असर पर्न सक्दछ । साथै नेभिगेसनमा समेत समस्या आउन सक्ने र यसले हवाई तथा समुद्री यातायातमा असर पर्नसक्ने वैज्ञानिकहरुको अनुमान छ । वैज्ञानिकहरुका अनुसार हरेक ११ वर्षमा सूर्यको सतहमा ठूलो परिवर्तन हुने गर्दछ । पछिल्लो ११ वर्षदेखि स