
खुशीको खबर : विश्वको पहिलो कोभिड–१९ भ्याक्सिन बुधबार दर्ता हुने
Posted in अन्तर्राष्ट्रिय समाचार
मास्कोस्थित गामेलेइ सेन्टरले विकास गरेको कोरोना भाइरस भ्याक्सिन १२ अगस्टमा औपचारिक रुपमा दर्ता हुने भएको छ । रुसी सहायक स्वास्थमन्त्री ओलेग ग्रिडनेभले यस्तो खुलासा गरेका हुन् । ग्रिडनेभका अनुसार स्वास्थकर्मी र वृद्धवृद्धालाई पहिलो चरणमा यो भ्याक्सिन लगाइनेछ ।
गत साता स्वास्थ मन्त्री मिखाइल मुरास्र्काेले अक्टुबरदेखि देशव्यापी सामुहिक भ्याक्सिन कार्यक्रम सुरु गर्ने योजना बनाइएको बताएका थिए । मुरास्र्कोले यसका लागि सबै खर्च सरकारले व्यहार्ने पनि जानकारी गराएका थिए ।
‘गामेलेई सेन्टरमा विकास भएको भ्याक्सिनको दर्ता अगस्ट १२ मा हुनेछ,’ रुसी सञ्चारमाध्यम आरटीकाअनुसार शुक्रबार बिहान ग्रिडनेभले पत्रकारसँग भनेका थिए,‘अहिले अन्तिम चरण अर्थात् तेस्रो चरणको क्लिनिकल ट्रायल भइरहेको छ । यो परीक्षण हो र अति महत्वपूर्ण छ । हामीले यो बुुझ्न जरुरी छ कि भ्याक्सिन आफैंमा सुरक्षित हुनैपर्छ ।’
१८ जुनम