Monday, September 21

स्वास्थ्य /जिबनशैली

भुईकटहर खानुका यस्ता छन् चमत्कारी फाईदा

भुईकटहर खानुका यस्ता छन् चमत्कारी फाईदा

Posted in स्वास्थ्य /जिबनशैली
गर्मी सुरु भएसगै बजारमा देखिने भुईंकटहरले जसको जिब्रो पनि रसाउँछ । यो वास्तवमै निकै उपयोगी फल हो । यो भिटामिन सीले भरपूर हुन्छ र जसले शरीरमा रोग प्रतिरोधक क्षमता बढाउँछ । यसलाई सलाद तथा डेजर्टका रुपमा प्रयोग गर्न सकिन्छ । भुईंकटहरमा भिटामिन सीका अतिरिक्त क्याल्सियम, फाइबर पनि पाइन्छ । यसमा निकै कम मात्रामा चिल्लो पदार्थ हुन्छ । यसमा पाइने इन्जाइमले खाना पचाउन सहयोग गर्छ । काँचो भुईंकटहरभन्दा पाकेको बढी पौष्टिक हुन्छ । यसमा अन्य फाइदा के–के हुन् त ? १. भुइँकटहरमा ब्रोमेलेन नामक तत्व हुन्छ, जसले सरीरलाई क्यान्सरबाट बचाउन सहयोग गर्दछ । २. भुइँकटहरमा पर्याप्त मात्रामा म्याग्नेसियम, क्याल्सियम जस्ता लवण पाइन्छ जसले हड्डीलाई मजबुत राख्नमा सहयोग गर्दछ । ३. भुइँकटहरमा क्यालोरी कम मात्रामा हुन्छ र यसमा चिनीको मात्रा पनि कम हुन्छ । मधुमेहका रोगीले पनि भुइँकटहरको सेवन गर्नु राम्रो हुन्छ ।
कुन मौरी पाल्ने ? मह कसरी चिन्ने ? कसरी प्रयोग गर्दा ओखती हुन्छ ? सबै जानकारी एकै ठाउँमा

कुन मौरी पाल्ने ? मह कसरी चिन्ने ? कसरी प्रयोग गर्दा ओखती हुन्छ ? सबै जानकारी एकै ठाउँमा

Posted in रोचक, स्वास्थ्य /जिबनशैली
परागसेचनको अलावा मौरीजन्य उत्पादनः मह, कुट, मैन आदि उत्पादनमा सहयोग पुर्याउने मौरी एपिडी परिवारमा पर्दछन । यस अन्तर्गत नेपालमा पाइने मौरीका जातहरु यस प्रकार छन । १. एपिस सेराना यो स्थानीय मौरी हो । यसलाई एसियन मौरी पनि भनिन्छ । यो घरपालुवा मौरी हो । यो मौरी एक गोलामा करिब २५ देखि ३० हजारको संख्यामा हुन्छन् । यिनीहरू चर्नको लागि बढीमा १ कि.मि.सम्म उडान गर्न सक्तछन् । यसले अध्यारो ठाउमा धेरै चाका बनाई गुड बनाएर बस्ने हुनाले यसलाई घारमा राखी पाल्न सकिन्छ । एक घार मौरीले वार्षिक १५–२० किलो मह उत्पादन गर्न सक्तछ । यो मौरी नेपालका तराइका जिल्ला तथा मध्य पहाडी क्षेत्रमा पाइन्छन् । २. एपिस मेलिफेरा यो आयातित मौरी हो । यसलाई युरोपेली मौरी पनि भनिन्छ । यो पनि घरपालुवा हो । यो मौरीको शरीर सेराना भन्दा ठूलो हुन्छ । यिनीहरूको संख्या पनि एक गोलामा ५०–६० हजार हुन्छ । यिनीहरू ४९५ कि.मि. सम्म च
नेपालकै किसानले उत्पादन गरेको फलफूल र तरकारीलाई प्राथमिकता

नेपालकै किसानले उत्पादन गरेको फलफूल र तरकारीलाई प्राथमिकता

Posted in स्वास्थ्य /जिबनशैली
काठमाडौँ, ३ असार – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले किसानले उत्पादन गरेको फलफूल र तरकारीलाई नै बजारमा ल्याउन प्राथमिकता दिएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले विचौलियाले काम नगर्दा किसानका तरकारी र फलफूलले बजार नपाए पनि अहिले बजारसम्म ल्याउनका लागि राम्रो व्यवस्थापन गरेको जानकारी दिनुभयो । मन्त्री भट्टले विदेशबाट आयात गर्ने तरकारी फलफूल पनि परीक्षण गरेर मात्र आउने उल्लेख गर्दै स्वेदशमै उत्पादन भएको तरकारी तथा फलफूललाई पनि खाद्य तथा गुण नियन्त्रण विभागले परीक्षण गरेर मात्र उपभोक्ता माझ जाने गरेको बताउनुभयो । मन्त्री भट्टले कोरोना भाइरस जोखिमको अवस्थामा छ महिनासम्म पुग्ने खाद्यान्न रहेको र खाद्य पदार्थको अभाव हुन नदिन कृषि उत्पादनल
काँक्राले स्वास्थ्यमा पुर्याउने फाइदाहरु यस्ता छन् !

काँक्राले स्वास्थ्यमा पुर्याउने फाइदाहरु यस्ता छन् !

Posted in स्वास्थ्य /जिबनशैली
गर्मीमहिना सरु भइसेको छ। गर्मीमा मानिसको शरीरलाई स्वास्थ राख्‍न एकदमै जरुरी रहन्छ र यसको लागि खानपिनलाई ध्‍यान दिनुपर्ने हुन्छ। गर्मीको समयमा काँक्रा निकै नै उपयोगी हुने गर्छ । यसले शरीरलाई शितल बनाउन मद्धत गर्छ । यसमा ९० % पानी हुने भएकाले यसले गर्मीमा हाम्रो शरीरमा पानीको कमी हुन दिदैन । यो हाम्रो छालाको लागी पनि निकै लाभदायक मानिन्छ । यसले छालालाई चम्किलो र नरम बनाउन मद्धत गर्छ । यसमा क्याल्सियम, फोसफोरस, सोडियम तथा म्याग्नेसियम प्रसस्त मात्रामा पाइन्छ । काँक्राले स्वास्थ्यमा पुर्याउने फाइदाहरु यस्ता छन् १. पाचन प्रणाली राम्रो बनाउँछ काँक्रोको सेवनले कव्जियत, बायु, एसिडिटी लगायतका पेट सम्बन्धि सबै समस्या हटाउन मद्दत गर्छ । २. मोटोपना कम गर्छ काक्रोमा टारटरेट एसिड नामक तत्व पाइन्छ । जसले शरीरमा उर्जा प्रवाह गर्नुका साथै शरीरको तौल कम गर्न मद्दत गर्छ । साथै काँक्रोमा कैल
दिनको सुरुवात यस्ता खानपान देखी गरे न रोग लाग्छ, न भोक जाग्छ – पूरा पढ्नुहोस्

दिनको सुरुवात यस्ता खानपान देखी गरे न रोग लाग्छ, न भोक जाग्छ – पूरा पढ्नुहोस्

Posted in स्वास्थ्य /जिबनशैली
हामी विहान उठेर नास्ता गर्छौं । स्वास्थ्यका लागि नास्ता अनिवार्य मानिन्छ । हुन त कतिपयले बिहानको नास्ता अनुपयुक्त हुने तर्क पनि गर्छन् । पछिल्लो समय खानपान सम्बन्धी बढेको सर्तकता र स्वास्थ्य सचेतनाले गर्दा धेरैले बिहानको नास्ता गर्छन् । नास्ताले दिनभरका लागि शरीरलाई उर्जा दिन्छ । त्यसैले बिहानको नास्ता हेभी तर स्वस्थ्यकर हुनुपर्छ भनिन्छ । बिहान ओछ्यान छाड्नसाथ मनतातो पानी पिउनुपर्छ । यो कुरालाई पनि धेरैले पालना गर्दै आएका छन् । मनतातो पानी पिउँदा त्यसले शरीरका भित्री अंगहरुलाई सक्रिय तुल्याउनका साथै पाचन यन्त्रलाई राम्रो गर्छ । दिनको सुरुवात मनतातो पानीबाट विज्ञापनमा ‘हरेक दिनको सुरुवात चियासँग’ भनिएपनि अहिले धेरैले मनतातो पानीबाट दैनिकी सुरु गर्छन् । चिया भनेको दुध, चिनी मिश्रति चियालाई बुझिन्छ, जो स्वास्थ्यका लागि घातक हुन्छ । जबकी ग्रीन टि वा अग्र्यानिक अर्थोडक्स चिया भने लाभदा
हाम्राे घर आगँनमै पाइने घ्यूकुमारीकाे अचुक औषधी यस्ताे, पुरा पढ्नुहोस्

हाम्राे घर आगँनमै पाइने घ्यूकुमारीकाे अचुक औषधी यस्ताे, पुरा पढ्नुहोस्

Posted in स्वास्थ्य /जिबनशैली
घिउ कुमारी सर्व गुणकारी मानवहीतमा प्रकृतिले दिएको बरदान यसलाई आयुर्वेदमा संजिवनी मानिन्छ । छालाको सुरक्षादेखि कपालको सौन्दर्यता र घाउँ भर्ने समेतको कार्य यसबाट हुने गर्दछ । एलोवेराको जुस नियमित पिउने व्यक्ति कहिल्यै विमार रहन्न । जोड्नी दुखेमा रक्तसंचारको रुपमा एलोवेरालाई बेजोड् मानिन्छ । एलोवेराले कपाल चुडिनबाट जोगाउँने तथा कपाललाई सेतो हुनबाट रोक्ने गर्दछ । दैनिकरुपमा सुत्नुभन्दा अगाडी गोडामा लगाएमा गोडा फुट्नबाट बचाउँछ । यस्ले छालाको नरमपनलाई कायम राख्दछ । औषधोपचार १. आँखाको रोगमा आँखाको रोगमा घ्यू कुमारीको गुदीमा राम्रो बेसार फिटेर मनतातो पारी आखाँमा राती सुत्ने बेलामा बाँध्नाले आँखाको सम्पूर्ण रोग निको हुन्छ । २. कानको रोगमा कानको रोगमा घ्यू कुमारीको गुदी मनतातो पारेर २\३ थोपा दाहिने कान दुखोमा देब्रे कानमा र देब्रे कान दुखेमा दाहिन कानमा हाल्ने र दुबै दुखेमा दुबैमा
नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
नरिवलको तेल खानु स्वास्थ्यका हिसाबले निकै राम्रो मानिन्छ । तर एउटा नयाँ खोजले नरिवलको तेल खानेहरुको मनमा शंका पैदा गरेको छ । हार्वर्ड विश्वविद्यालयमा टीएच चेन स्कूल अफ पब्लिक हेल्थका प्राध्यापक केरिन मिशेल्सले खानामा प्रयोग गर्न नरिवलको तेल सबैभन्दा खराब तेलमध्येको एक भएको दाबी गरेका छन् । ‘कोकोनट ओइल एण्ड न्यूट्रिशनल एरर’ मा एक लेक्चर दिँदै हार्वर्डका प्राध्यापक मिशेल्सले नरिवलको तेललाई पूर्ण रुपमा विषालु बताएका छन् । उनले भने, ‘यो तेलमा सेचुरेटेड फ्याटको मात्रा अत्यधिक हुन्छ जुन स्वास्थ्यका लागि हानिकारक हो ।’ मिशेल्सका अनुसार सेचुरेटेड फ्याटको अत्यधिक मात्राले हाम्रो धमनीमा रगतको प्रवाह रोक्न सक्छ । यसले मुटु सम्बन्धि रोगको खतरा निम्त्याउँछ । सेचुरेटेड फ्याट अत्यधिकः केही महिनाअघि डाक्टर माइकल मोस्लेले बीबीसीका लागि नरिवल तेलमाथि एक अनुसन्धान गरेका थिए । माइकल मोस्ले साइन
वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती

वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
वास्तुशास्त्र अनुसार परिवारका सदस्य यदि बिरामी र तनावमा भइरहन्छन् भने यसको कारण घरको मुख्यद्वार पनि हुनसक्छ । मुख्यद्वारसँग जोडिएका वास्तु दोषका कारण घरका सदस्य शारिरिक, मानसिक र आर्थिक रुपमा विचलित हुन्छन् । वास्तुशास्त्रका विभिन्न ग्रन्थमा घरको मुख्यद्वारसँग सम्बन्धित विशेष जानकारी दिइएको हुन्छ जसबारे ध्यान दिँदा तनाव, रोग र अनावश्यक खर्चबाट बचाउन सकिन्छ । यसका साथै घरमा शान्ती कायम रहन्छ । वास्तु शास्त्रमा यस्ता पाँच दोषबारे बताइएको छ जसका कारण घरमा गरिबी भित्रिन्छ । १. घरको मुख्य ढोका काठको हुनुपर्छ र बाहिरतर्फ खोलिनुपर्छ । भित्रतिर खोलिने ढोकाका कारण घरका मूलीले तनाव र विभिन्न रोगको सामना गर्नुपर्छ । धातुको ढोका राख्दा धोका पाउने सम्भावना अत्यधिक हुन्छ । यद्यपी, फेंग सूईले भने घरको ढोका भित्रतिर नै खोलिएको राम्रो बताउँछ । फेंग सूईका अनुसार घरको ढोका भित्रतिर खोलिनुको अर्थ आमन्त्रण
केही कुरा याद हुँदैन ? यी आठ तरिकाले बढाउनुहोस् दिमागको क्षमता

केही कुरा याद हुँदैन ? यी आठ तरिकाले बढाउनुहोस् दिमागको क्षमता

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
कहिलेकाँही कुनै व्यक्ति वा स्थानको नाम जति सम्झिन खोजेपछि यादै आउँदैन । यस्तो धेरैजनालाई भएको हुनुपर्छ । उमेर बढेसँगै मानिसहरुको स्मरण शक्ति क्षीण हुँदै जाने बताइन्छ । यस्तो साँच्चै हुन्छ पनि तर दिमागलाई तन्दरुस्त राख्न सकिन्छ । यदि तपाईं आफ्नो दिमागी क्षमता बढाउन चाहनुहुन्छ भने यहाँ उल्लेखित तरिका अपनाउन सक्नुहुन्छ । १. व्यायामः व्यायाम गर्दा दिमागको कोशिकाबीच आपसी सम्पर्क निकै राम्रो हुन्छ र नयाँ कोसिकाको निर्माण पनि हुन्छ । कार्डियो व्यायाम गर्दा तपाईं धेरै अक्सिजन लिनुहुन्छ र यदि तपाईंले यो व्यायाम खुल्ला मैदानमा गर्नुहुन्छ भने तपाईंले यसमार्फत् भिटामिन डी पनि प्राप्त गर्नुहुन्छ । यसो गर्दा दिमाग ताजा र तन्दरुस्त हुन्छ । २. केही काम गरिरहँदा याद गर्ने कोसिस गर्नुहोस्ः यदि तपाईंलाई कुनै प्रेजेन्टेशन वा भाषण दिनु छ भने तयारी स्वरुप आफ्नो नोट्सलाई हिँड्दै वा डान्स
एम्बुलेन्स सञ्चालन भद्रगोल : निर्देशिका गज्जबको, कार्यान्वयन भेट्टाउनै गाह्रो !

एम्बुलेन्स सञ्चालन भद्रगोल : निर्देशिका गज्जबको, कार्यान्वयन भेट्टाउनै गाह्रो !

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
काठमाडौँ, गाउँगाउँमा खुलेका सहकारीदखि धार्मिक सङ्घ, संस्था र सहरका सुविधा सम्पन्न अस्पतालहरूले समेत एम्बुलेन्स सेवा सञ्चालन गरेका छन् । तर यसरी सञ्चालन भएका एम्बुलेन्स सेवाप्रति आम जनसमुदाय ढुक्क हुन भने सकेका छैनन् । ‘भनेको बेला र आवाश्यक परेको बेला एम्बुलेन्स पाउनै मुस्किल छ । फोन उठ्दैन, उठिहाले पनि एम्बुलेन्स बिग्रेको भन्ने जवाफ पाइन्छ’, धेरैको गुनासो यस्तै सुनिन्छ । उपभोक्ताले खोजेका बेला नपाउने मात्रै होइन, धेरैजसो एम्बुलेन्स त तोकिएको मापदण्डअनुसार सञ्चालनसमेत भएका छैनन् । सरकारले सार्वजनिक गरेको एम्बुलेन्स निर्देशिका २०७३ ले एम्बुलेन्सलाई ३ श्रेणीमा विभाजन गरेको छ । ‘क’, ‘ख’ र ‘ग’ गरेर एम्बुलेन्सको श्रेणीअनुसार एम्बुलेन्समा हुनुपर्ने सुविधा पनि तोकिएको छ । तर सञ्चालनमा रहेका एम्बुलेन्सहरूमा तोकिएका सुविधाहरू अत्यन्त न्यून मात्रै पाइने गरेका छन् । के–के हुनुपर्छ ‘क’ व