Tuesday, November 24

मनोरंजन

चर्चित पत्रकार रबि लामिछाने र निकिता पौडेलको दशैं

चर्चित पत्रकार रबि लामिछाने र निकिता पौडेलको दशैं

Posted in मनोरंजन
आज हिन्दुहरुको महान पर्व दशैको मुख्य दिन टीका । यसपालिको दशै कोरोनामय भयो । हर्सोल्लास दशैलाई यसपटक घरभित्रै थुनियो । कोरोनाको महामारी अझै साम्य नहुदा नेपालिहरुको दशै खल्लो हुदा नजिकको आफन्तमा मात्रै दशै खुम्चिएको छ । यता कलाकारहरूले पनि आफ्नो घरभित्रै मनाएका छन् । टिकाको दिन मान्यजनबाट टीका र आशिर्वाद ग्रहण गरेर तस्वीरहरुलाई सामाजिक संजालमा सार्बजनिक गर्ने क्रम सुरु भएको छ । यस्तैमा पत्रकार रबिलामिछाने तथा उनकी श्रीमती निकिताको दशै तस्वीर सामाजिक संजालमा सार्बजनिक भएको छ । रबिलामिछानेले श्रीमती निकितालाई टीका लगाईदै गरेको र सगै चङ्गा उडाएको तस्बिर सार्वजनिक गरेका छन
विवाह बन्धनमा बाधिएको २ दिनपछि तस्विर शेयर गर्दै कानुनी बिहे गर्नुको कारण खुलाए गायक निशान भट्टराईले

विवाह बन्धनमा बाधिएको २ दिनपछि तस्विर शेयर गर्दै कानुनी बिहे गर्नुको कारण खुलाए गायक निशान भट्टराईले

Posted in मनोरंजन
काठमाडौं-साउन २७ गते आफ्नी प्रेमिकासंग कानुनी विवाह गरेका नेपाल आइडल सिजन वानका फस्ट रनरअप निशाना भट्टराईले विवाहको तस्विर शेयर गरेका छन् । लामो समय प्रेममा रहेका निशान ऋचाले मंगलवार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर जिल्ला अदालत पुगेर कानुनी विवाह गरेका थिए । विवाह बन्धनमा बाधिएको २ दिनपछि उनले सामाजिक संजाल फेसबुकमा आफ्नो विवाहको तस्विर शेयर गर्दै फ्यानहरुलाई धन्यवाद दिएर उनले कानुनी बिहे गर्नुको कारण खुलाएका छन् । उनले लेखेका छन् ‘हजुरहरु सबैजाना प्रती धेरै(धेरै अभारी छौँ। यति धेरै माया र आसिर्बाद हामीले पाएकोमा धेरै नै खुशी छौँ । यो अहिलेको जटिल समयका कारण हामीले कानुनी विवाह गर्ने निर्णयलाई उचित सम्झ्यौ र यसलाई सफल बनायौ । हजुरहरुको माया र आशीर्वाद यसरि नै सधैं कायम रहिरहोस‘।।’ निशानले पछिल्लो समय गाएको गीत के माया लाग्छ र अत्यन्तै चर्चामा रहेको छ ।
बाहुबलीका चर्चित स्टार प्रभाष र लोकप्रिय नायिका दीपिकाले एउटै फिल्ममा काम गर्दै

बाहुबलीका चर्चित स्टार प्रभाष र लोकप्रिय नायिका दीपिकाले एउटै फिल्ममा काम गर्दै

Posted in मनोरंजन
काठमाडौ, साउन ४ । बाहुबलीबाट लोकप्रिय बनेका चर्चित अभिनेता प्रभाष अब भने नयाँ चलचित्रमा अभिनय गर्ने भएका छन् । भारतिय मिडियाका अनुसार उनि अब बलिउड अभिनेत्री दीपिका पादुकोणसंग सँगै चलचित्रमा अभिनय गर्ने भएका हुन् ।उनिहरुहरु दुबैले पहिलो पटक चलचित्रमा एकैसाथ अभिनय गर्न पाँउदा निकै खुशी भएको बताएका छन् । त्यस्तै चलचित्रको नाम प्रभाष २१ रहने निर्माताले जानकारी दिएका छन् । आउने बर्षको अप्रिलदेखि छायाँकन सुरु गर्ने यस चलचित्रमा अन्य कलाकारको भने टुंग्गो लाएको छैन् ।
हजुरबा भएपछि फुरूङ्ग भएका बाबुराम भट्टराई !

हजुरबा भएपछि फुरूङ्ग भएका बाबुराम भट्टराई !

Posted in मनोरंजन
काठमाडौं: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आइतबार बिहान काखमा बच्चा लिएको फोटो सार्वजनिक गर्दै लेखे– बल्ल हजुरबा भइयो। उनकी छोरी मानुषीले आइतबार बिहान छोरा पाएकी थिइन्। नाति काखमा लिएको फोटो सार्वजनिक गर्दै बाबुरामले छोरी मानुषी, ज्वाइँ जेकेन्द्र र स्वास्थ्यकर्मीलाई बधाई तथा धन्यवाद दिएका हुन्। महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)मा शल्यक्रियामार्फत् मानुषीले बच्चा पाएकी थिइन् । सफल सल्यक्रियाका लागि बाबुरामले डाक्टर गीता गुरूङ नेतृत्वको टिमलाई धन्यवाद दिएका छन्। हजुरबा भएपछि फुरूङ्ग भएका बाबुरामले ठट्टा गर्दै लेखेका छन्– हाम्रो परिवारमा २२ औं शताब्दी देख्ने सम्भावना भएको एक मात्र शिशुको सु–स्वास्थ्यको कामना। बाबुरामले आफू हजुरबा भएको फोटो फेसबुक र ट्वीटरमा पोस्ट गरेपछि धेरैले उनलाई बधाई दिएका छन्। उनका सहपाठीसमेत रहेका राप्रपा अध्यक्ष कमल थापाले ट्वीटम
६ वर्षको उमेरमा ‘सिक्स प्याक’ !

६ वर्षको उमेरमा ‘सिक्स प्याक’ !

Posted in मनोरंजन
आजकल प्रायः मानिस आफुलाई फिट राख्न अनेकन उपाय अपनाइ रहेका हुन्छन् । विशेषत युवा वर्ग फिटनेश प्रति बढि आर्कषित छ । वृद्ध उमेरका मानिस पनि अवस्था अनुसार रोग नलागोस् भनेर बिहानबेलुका हल्का शारीरिक ब्यायाम गर्दछन् । तर साना नानीहरुमा भने फिटनेशको कुनै चाह हुदैन । अभिभावक समेत आफ्ना बच्चाहरु हृष्टपुष्ट हुन् भन्ने तर्फ नै हुन्छन् । तर ईरानका एक ६ बर्षका बालकमा भने फिटनेसको भुत यतिसम्म चढेको छ कि केवल ६ बर्षको उमेरमा उनले सिक्स प्याक बनाएका छन् । ६ बर्षकै उमेरमा सिक्स प्याक बनाएका यी बालकको चर्चा विश्वभर छ । इरानका यी बालकको नाम हो, आरत होसैनी । ईरानको बाबोल शहरका निवासी आरत सामाजिक सञ्जालमा स्टार बनेका छन् । उनको चर्चा कति छ भन्ने कुरा उनको सामाजिक सञ्जालका फ्यानको संख्याबाट पत्ता लाउन सकिन्छ । आरत होसैनी इन्स्टाग्राममा उनको ४२ लाख भन्दा बढि फलोअर्स छन् । यति मात्र होइन उनको एक
नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
नरिवलको तेल खानु स्वास्थ्यका हिसाबले निकै राम्रो मानिन्छ । तर एउटा नयाँ खोजले नरिवलको तेल खानेहरुको मनमा शंका पैदा गरेको छ । हार्वर्ड विश्वविद्यालयमा टीएच चेन स्कूल अफ पब्लिक हेल्थका प्राध्यापक केरिन मिशेल्सले खानामा प्रयोग गर्न नरिवलको तेल सबैभन्दा खराब तेलमध्येको एक भएको दाबी गरेका छन् । ‘कोकोनट ओइल एण्ड न्यूट्रिशनल एरर’ मा एक लेक्चर दिँदै हार्वर्डका प्राध्यापक मिशेल्सले नरिवलको तेललाई पूर्ण रुपमा विषालु बताएका छन् । उनले भने, ‘यो तेलमा सेचुरेटेड फ्याटको मात्रा अत्यधिक हुन्छ जुन स्वास्थ्यका लागि हानिकारक हो ।’ मिशेल्सका अनुसार सेचुरेटेड फ्याटको अत्यधिक मात्राले हाम्रो धमनीमा रगतको प्रवाह रोक्न सक्छ । यसले मुटु सम्बन्धि रोगको खतरा निम्त्याउँछ । सेचुरेटेड फ्याट अत्यधिकः केही महिनाअघि डाक्टर माइकल मोस्लेले बीबीसीका लागि नरिवल तेलमाथि एक अनुसन्धान गरेका थिए । माइकल मोस्ले साइन
वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती

वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
वास्तुशास्त्र अनुसार परिवारका सदस्य यदि बिरामी र तनावमा भइरहन्छन् भने यसको कारण घरको मुख्यद्वार पनि हुनसक्छ । मुख्यद्वारसँग जोडिएका वास्तु दोषका कारण घरका सदस्य शारिरिक, मानसिक र आर्थिक रुपमा विचलित हुन्छन् । वास्तुशास्त्रका विभिन्न ग्रन्थमा घरको मुख्यद्वारसँग सम्बन्धित विशेष जानकारी दिइएको हुन्छ जसबारे ध्यान दिँदा तनाव, रोग र अनावश्यक खर्चबाट बचाउन सकिन्छ । यसका साथै घरमा शान्ती कायम रहन्छ । वास्तु शास्त्रमा यस्ता पाँच दोषबारे बताइएको छ जसका कारण घरमा गरिबी भित्रिन्छ । १. घरको मुख्य ढोका काठको हुनुपर्छ र बाहिरतर्फ खोलिनुपर्छ । भित्रतिर खोलिने ढोकाका कारण घरका मूलीले तनाव र विभिन्न रोगको सामना गर्नुपर्छ । धातुको ढोका राख्दा धोका पाउने सम्भावना अत्यधिक हुन्छ । यद्यपी, फेंग सूईले भने घरको ढोका भित्रतिर नै खोलिएको राम्रो बताउँछ । फेंग सूईका अनुसार घरको ढोका भित्रतिर खोलिनुको अर्थ आमन्त्रण
केही कुरा याद हुँदैन ? यी आठ तरिकाले बढाउनुहोस् दिमागको क्षमता

केही कुरा याद हुँदैन ? यी आठ तरिकाले बढाउनुहोस् दिमागको क्षमता

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
कहिलेकाँही कुनै व्यक्ति वा स्थानको नाम जति सम्झिन खोजेपछि यादै आउँदैन । यस्तो धेरैजनालाई भएको हुनुपर्छ । उमेर बढेसँगै मानिसहरुको स्मरण शक्ति क्षीण हुँदै जाने बताइन्छ । यस्तो साँच्चै हुन्छ पनि तर दिमागलाई तन्दरुस्त राख्न सकिन्छ । यदि तपाईं आफ्नो दिमागी क्षमता बढाउन चाहनुहुन्छ भने यहाँ उल्लेखित तरिका अपनाउन सक्नुहुन्छ । १. व्यायामः व्यायाम गर्दा दिमागको कोशिकाबीच आपसी सम्पर्क निकै राम्रो हुन्छ र नयाँ कोसिकाको निर्माण पनि हुन्छ । कार्डियो व्यायाम गर्दा तपाईं धेरै अक्सिजन लिनुहुन्छ र यदि तपाईंले यो व्यायाम खुल्ला मैदानमा गर्नुहुन्छ भने तपाईंले यसमार्फत् भिटामिन डी पनि प्राप्त गर्नुहुन्छ । यसो गर्दा दिमाग ताजा र तन्दरुस्त हुन्छ । २. केही काम गरिरहँदा याद गर्ने कोसिस गर्नुहोस्ः यदि तपाईंलाई कुनै प्रेजेन्टेशन वा भाषण दिनु छ भने तयारी स्वरुप आफ्नो नोट्सलाई हिँड्दै वा डान्स
एम्बुलेन्स सञ्चालन भद्रगोल : निर्देशिका गज्जबको, कार्यान्वयन भेट्टाउनै गाह्रो !

एम्बुलेन्स सञ्चालन भद्रगोल : निर्देशिका गज्जबको, कार्यान्वयन भेट्टाउनै गाह्रो !

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
काठमाडौँ, गाउँगाउँमा खुलेका सहकारीदखि धार्मिक सङ्घ, संस्था र सहरका सुविधा सम्पन्न अस्पतालहरूले समेत एम्बुलेन्स सेवा सञ्चालन गरेका छन् । तर यसरी सञ्चालन भएका एम्बुलेन्स सेवाप्रति आम जनसमुदाय ढुक्क हुन भने सकेका छैनन् । ‘भनेको बेला र आवाश्यक परेको बेला एम्बुलेन्स पाउनै मुस्किल छ । फोन उठ्दैन, उठिहाले पनि एम्बुलेन्स बिग्रेको भन्ने जवाफ पाइन्छ’, धेरैको गुनासो यस्तै सुनिन्छ । उपभोक्ताले खोजेका बेला नपाउने मात्रै होइन, धेरैजसो एम्बुलेन्स त तोकिएको मापदण्डअनुसार सञ्चालनसमेत भएका छैनन् । सरकारले सार्वजनिक गरेको एम्बुलेन्स निर्देशिका २०७३ ले एम्बुलेन्सलाई ३ श्रेणीमा विभाजन गरेको छ । ‘क’, ‘ख’ र ‘ग’ गरेर एम्बुलेन्सको श्रेणीअनुसार एम्बुलेन्समा हुनुपर्ने सुविधा पनि तोकिएको छ । तर सञ्चालनमा रहेका एम्बुलेन्सहरूमा तोकिएका सुविधाहरू अत्यन्त न्यून मात्रै पाइने गरेका छन् । के–के हुनुपर्छ ‘क’ व
नेकपामा किन असन्तुष्ट छ माधव नेपाल समूह ?

नेकपामा किन असन्तुष्ट छ माधव नेपाल समूह ?

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीमा रहेका माधवकुमार नेपाल समूहका नेताहरुको बिहिवार भिन्दै बैठक बस्यो । नेकपाले भदौ तेस्रो साता स्थायी कमिटीको बैठक आह्वान गरेको अवस्थामा नेपाल समूहको किन बैठक बस्यो त ? नेपाल समूहमा रहेका स्थायी कमिटीका एक सदस्य भन्छन्, ‘जिल्लादेखि प्रदेश र जनबर्गीय संगठनहरुको एकताका लागि गठित कार्यदलले फरक–फरक मापदण्ड अपनाएर नेतृत्वका लागि सिफारिस गरेको पाइयो । एउटै मापदण्डमा होस् भन्ने दबाब दिनुपर्ने देखियो ।’ तल्ला कमिटीको एकता दुई पार्टीका कमिटीबीचको समायोजन भएको र यसमा एउटै मापदण्ड हुनुपर्ने आफुहरुको माग रहेको उनले बताए । नेकपाको जबस, प्रदेश र जिल्ला कमिटीको एकता प्रक्रियाका लागि गठित कार्यदलले नेतृत्वको विषय टुंग्याउन नसकेपछि पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले थप गृहकार्य थालेका बेला नेपाल समूहको असन्तुष्टि सतहमा आएको हो । ए