Tuesday, November 24

ब्यानर पोस्ट

पेटभित्रै बच्चा मरेपछि सिकिस्त बिरामी परेकी १९ वर्षीया गर्भवतीको हेलिकोप्टरबाट उद्धार

पेटभित्रै बच्चा मरेपछि सिकिस्त बिरामी परेकी १९ वर्षीया गर्भवतीको हेलिकोप्टरबाट उद्धार

Posted in ब्यानर पोस्ट, समाचार
खोटाङ, १० असार – पेटभित्रै बच्चा मरेपछि सिकिस्त बिरामी बनेकी केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित मामातिमकी १९ वर्षीया मन्दिरा विश्वकर्मालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको छ । सुत्केरी व्यथाले च्यापेपछि सोमबार राति जिल्ला अस्पताल खोटाङमा भर्ना हुनुभएकी मन्दिराको गर्भमा रहेको बच्चा पेटभित्रै मरेको थाहा भएपछि थप उपचारका लागि मङ्गलबार मध्याह्न हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौँ पठाइएको हो । सुत्केरी व्याथाले च्यापेर सिकिस्त बिरामी बनेकी मन्दिराको रक्तस्रावसमेत भइरहेकाले थप उपचारका लागि रिफर गरिएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा नारायण बरालले बताउनुभयो । “सोमबार राति अबेर अस्पताल ल्याइएकी मन्दिराको बाटैमा पेटभित्र रहेको बच्चा मरिसकेको अनुमान गरिएको छ”, उहाँले भन्नुभयो, “ढिलोगरी अस्पताल ल्याइएकी मन्दिराको रक्तस्राव भइरहेकाले आमाको समेत ज्यान जोखिममा पर्नेहुँ
बालबालिकामा मोबाइल को बढ्दो क्रेज , खतरनाक

बालबालिकामा मोबाइल को बढ्दो क्रेज , खतरनाक

Posted in ब्यानर पोस्ट
काठमाडौं–आज भोलि केटा केटि ले धेरै समय मोबाइलमा नै बिताई रहेका हुन्छन । अभिभावकको लागि पनि बालबालिकालाई भुल्याउने गतिलो माध्यम बनेको छ, मोबाइल । आफू पनि मोबाइलमा ब्यस्त हुने र बालबालिकालाई पनि मोबाइल खेल्न दिने धेरै अभिभावकहरु छन् । जसले गर्दा बिस्तारै मोबाइल खेलाउने बालबालिकामा तल बस्न थाल्छ । अनि बालबालिका मोबाइल बिना केही पनि गर्न मान्दैनन् । मोबाइलले चलाउनाले बालबालिकाको मानसिक तथा शारीरिक विकासदेखि धेरै कुरामा असर परिरहेको हुन्छ । यो कुराको बारेमा अभिभावकले ध्यानदिनु जरुरी छ । मोबाइल चलाउँदा बालबालिकाको स्वास्थ्यमा पर्ने असरको बारेमा बालस्वास्थ्य विशेषज्ञ सुरक्षा सुवेदीले जनाकारी गराएकी छिन्ः मोबाइल चलाउनु पनि एकखालको नसा मोबाइल चलाउनु पनि एकप्रसारको नसा हो । जसरी नसालु पदार्थ सेवन गर्दा शरीरमा विभिन्न खालको असर देखिन्छ मोबाईल चलाउदा पनि बालबालिकाको शरीरमा त्यस्तै असर देखिन्