Tuesday, November 24

कक्षा १२ का विद्यार्थीलाई शिक्षा मन्त्रालयको प्रवक्ताको यस्तो सुझाव

June 21, 2020 243

काठमाण्डौ, ७ असार । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले कक्षा १२ अध्ययन गर्ने विद्यार्थीले परिक्षाको तयारी गर्दा हुने बताएका छन् । उनले एसईईको परीक्षा नलिने निर्णय सरकारले यस अघि नै गरिसकेको भएपनि कक्षा १२ का लागि भने परिक्षाको तयारी गर्न विद्यार्थीलाई सुझाव दिएका छन् ।

सरकारले एसइईको परिक्षा नलिने निर्णय गरेको भएपनि कक्षा ११, १२ र विश्वविद्यालय तहका परीक्षाबारे केही भनेको छैन । तर प्रवक्ताको तर्फवाट भने यस्तो भनाई आइको छ । कोरोना भाइरसको संक्रमित बढ्दै गएको बेलामा कक्षा ११ र १२ तथा विश्वविद्यालय तहका विद्यार्थीहरुलाई आफूहरुको परीक्षा के हुने भन्ने अन्योल छ ।

एउटा अनलाईनसंगको अन्तरवार्ताका क्रममा प्रवक्ता शर्माले कक्षा १२ का विद्यार्थीले भने परिक्षाको तयारी गर्न सुझाव दिएका छन् । उनले कक्षा ११ को विषयमा अहिले आत्तिनु पर्ने अवस्था नभएपनि कक्षा १२ को परिक्षा भने सञ्चालन हुने बताएका छन् । उनले अन्तरवार्ताका क्रममा भनेका छन्,

कक्षा ११ को विषय अहिले हामीले आत्तिनु पर्दैन । ११ को परीक्षा १० को जस्तो होइन । ११ पास नभए पनि १२ पढ्न पाउने हाम्रो अभ्यास छ । ११ को परीक्षा नभए पनि साउनदेखि या भनौं शैक्षिक सत्र सुरु भएपछि १२ पढ्दै गर्दा हुन्छ। परीक्षा चाहिँ लकडाउन खुल्यो र सहज भयो भने मात्रै लिईन्छ । १२ पढ्दापढ्दै वातावरण अलि सहज भयो भने पनि लिनुपर्ने हुन्छ ।

१२ को चाहिँ परीक्षा गर्नुपर्ने भएकोले लकडाउनको अवस्था हेरेर हामी निर्णय गर्छौँ । विद्यार्थी स्कुलमा आउन सक्छ भन्ने वातावरण भएपछि हामी त्यसबारे निर्णय गर्छौँ । पहिले त घरबाट परीक्षाकेन्द्रसम्म आउन सक्ने वातावरण बन्नुपर्यो अनि त्यसवारे निर्णय हुन्छ । लकडाउनको विषय टुँगो नलागेसम्म परीक्षाबारे निर्णय गर्नु कुनै सान्दर्भिक हुन्छ जस्तो आफुलाई नलागेको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्