Thursday, March 4

२९ जना सुत्केरी गर्भवतीसहित १४९ नेपाली लिएर कतारबाट उड्यो र नेपाल एयरलाइन्सको जहाज

June 21, 2020 272

काठमाडौ.- कतारको दोहाबाट १४९ नेपाली लिएर नेपाल एयरलाइन्सको २३९२ को उडान काठमाडौं हिडेको छ । समस्यामा परेकाहरुलाई उद्धार गर्ने क्रममा आइतबार पहिलो चरणमा १४९ जना नेपालीहरु काठमाडौं हिडेको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

नेपाली दूतावासले जनाए अनुसार नेपाल एयरलाइन्सको उडानमा २९ जना सुत्केरी÷गर्भवतीसहित ८२ जना महिला, ३ जना नाबालक र ६४ जना पुरुष रहेको बताइएको छ ।

उनीहरूलाई दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूत नारदनाथ भारद्वाज, दूतावासका कर्मचारीलगायतले विदाई गरेका थिए । कतारबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उद्धार उडान गर्दैछन् ।

प्रतिकृया दिनुहोस्