Monday, November 23

ओखलढुंगा र रसुवा बाहेक सबै जिल्लामा फैलियो कोरोना

June 20, 2020 123

काठमाडौं, गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४८८ पुगेको छ। मुस्ताङमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार साँझ काेराेना पुष्टि भएका व्यक्ति ८३ वर्षे पुरुष रहेकाे खुलेकाे छ । उनी मुस्ताङकाे घरपझाेङ गाउँपालिकाका बासिन्दा रहेकाे रहेकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएकाे छ । संक्रमित वृद्धलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।याेसँगै अब गण्डकीका ११ वटै जिल्लामा काेराेना संक्रमित भेटिएका छन् ।

मुस्ताङ थपिएसंगै ७५ जिल्लामा कोरोना संक्रमण फैलिएको छ। हालसम्म कोरोना नदेखिएको जिल्लामा प्रदेश १ को ओखलढुंगा र बागमती प्रदेशको रसुवा पर्दछन् । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा ३३१ जनालाई कोरोना पुष्टि भएको जानकारी दिइएको थियो। विभिन्न प्रयोगशालामा परीक्षणको क्रम चलिरहेकाले संक्रमितको संख्या बढ्ने देखिएको छ ।

प्रतिकृया दिनुहोस्