Thursday, October 22

नेपालकी पहिलो महिला क्याम्पस प्रमुख अङ्गुरबाबा जोशीको निधन,

June 20, 2020 143

काठमाडौं, असार ६- शिक्षाविद् एवं समाजसेवी अङ्गुरबाबा जोशीको निधन भएको छ । उनको शनिबार बाँसबारीस्थित न्यूरो अस्पतालमा ८९ वर्षको उमेरमा निधन भएको हो । जोशीको १७ वर्षअघि घाँटीमा क्यान्सर देखिएको थियो ।

नेपालकी पहिलो महिला क्याम्पस प्रमुख उनको शल्यक्रियामा क्यान्सर लागेको भाग काटेर फाल्दा अनुहार बांगिएको थियो । त्यसपछि उनलाई स्तनको क्यान्सर भएको थियो।

२०१९ सालमा राजा महेन्द्रद्वारा गठित चार सदस्यीय संविधान मस्यौदा समितिकी एकमात्र महिला सदस्य भएकी उनको शनिबार नै अन्त्येष्टि गरिने भएको छ।

प्रतिकृया दिनुहोस्