Friday, October 23

कोरोना संक्रमित बिरामीमाथि नै डाक्टरले गरे यौन दुर्व्यवहार

June 20, 2020 191

काठमाडौ, असार ६- भारतमा कोरोना संक्रमित बिरामीमाथि चिकित्सकले नै यौन दुर्व्यवहार गरेका छन् । मुम्बइको वकहार्ट अस्पतालको आईसियूमा भर्ना गरिएका ४४ वर्षीय पुरुष बिरामीले आफूमाथि यौन दुव्र्यवहार भएको भन्दै ३४ वर्षीय चिकित्सकमाथि मुद्दा दायर गरेका हुन् ।

अग्रिपाडा प्रहरीले भने आरोपित चिकित्सकलाई संक्रमण भएको हुनसक्ने भन्दै पक्राउ गरी सोधपुछ गर्नुको सट्टा उनकै अपार्टमेन्टको कोठाभित्र ‘होम क्वारेन्टाइन’मा राखी अनुगमन गरिरहेको छ ।अस्पतालको १० औं तलामा रहेको आईसियूमा उपचाररत ती बिरामीले चिकित्सकले हेरचाह गर्ने वहानामा आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएका थिए ।

प्रतिकृया दिनुहोस्