Wednesday, November 25

मुलुकका विभिन्न भू-भागमा वर्षा, कस्तो रहला त दिनभरको मौसम ?

June 20, 2020 121

काठमाडौं – मुलुकका विभिन्न भू-भागमा अहिले वर्षा भइरहेको जल तथा मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।

मनसुन सक्रिय भएलगत्तै मुलुकभर वर्षा सुरू भएको हो । भारतको पूर्वी उत्तर प्रदेशको भू-भागमा न्यून चापीय प्रणाली अवस्थित रहेकाले त्यसको प्रभावले मुलुकका विभिन्न भू-भागमा दिउँसोसम्म भारी वर्षाको पूर्वानुमान गरिएको छ ।

प्रदेश १, २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका एक – दुई स्थानहरुमा भारी वर्षाको सम्भावना  रहेकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।

आगामी २४ घण्टासम्म देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम तथा केही स्थानहरूमा हुने भारी वर्षाले विभिन्न नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायातसमेत  प्रभावित हुने सम्भावना  रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्