Tuesday, November 24

सरकारले सांसद र मन्त्रीको तलबभत्ता बढाएको भन्दै सुरु भयो वि’रोध

June 19, 2020 137

धनगढीः कोरोना म’हामारीकै समयमा सुदूरपश्चिम प्रदेश सरकारले सांसददेखि मुख्यमन्त्रीसम्मको तलबभत्ता वृद्धि गरेपछि त्यसको विरोध भएको छ ।प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७७-७८ देखि प्रदेश सभा सदस्य, प्रमुख प्रतिपक्षीय दलका नेता, संसदीय दलका नेता, मुख्यमन्त्रीसम्मको तलबभत्ता वृद्धि गरेपछि कञ्चनपुरका युवा आन्दोलित भएका हुन् ।को’रोना म’हामारीबाट जनता आ’क्रान्त भएका वेला प्रदेश सरकारले पिसिआर मेसिन खरिद गरेर जनताको स्वास्थ्यमा गम्भीर हुनुभन्दा आफ्नै सेवा सुविधा बढाउन थालेपछि बाध्य भएर आ’न्दोलनमा उत्रेको स्वतन्त्र युवाहरूले बताएका छन् ।

प्रदेश सरकारलाई जनताको चिन्ताभन्दा पनि आफ्नो चिन्ता बढी भएकाले प्रदेश सरकारले कोरो’ना रोकथामका लागि कुनै पनि भूमिका नदेखिएकाले खारेजीकोसमेत माग गरे ।आ’न्दोलनमा होमिएका स्वतन्त्र युवा धीरज जोशीले बाध्य भएर सडकमा युवा उ’त्रिएको बताए ।‘कोरोना कहरले सुदूरपश्चिमसहित सिंगो देश आक्रान्त छ,’ उनले भने, ‘यतिवेला प्रदेश सरकार कोरोना रोकथाम एवं नियन्त्रणका लागि प्रयासभन्दा पनि आफ्नै सुविधा बढाउन लिप्त छ ।’प्रदेश सरकारलाई जनताको स्वास्थ्यको चिन्ताभन्दा पनि आफ्नो सुविधाको बढी चिन्ता भएकाले महामारीका वेला यस्ता जनविरोधी काम नगर्न आग्रहका हुन् ।
जनताको चिन्ताभन्दा आफ्नो व्यक्तिगत लाभ लिन लागेको भन्दै उनीहरूले वृद्धि गरेको तलबभत्ता तुरुन्त फिर्ता लिएर पिसिआर मेसिन जडान गरिदिन माग अघि सारे । उनीले प्रदेश सरकारले वृद्धि गरेको सेवा सुविधा फिर्ता नलिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।त्यस्तै कोरोना रोकथाका लागि निर्माण भएको क्वारेन्टाइन असुरक्षित बन्दै गएकोमा केन्द्र र स्थानीय सरकार चिन्तित नभएको र कोरोनाका नाममा रकम कुम्ल्याउनेबाहेक केही नगरेको भन्दै क्वारेन्टाइन बलात्कार केन्द्र र कोरोना संक्रमणको कारखाना बनेको टिप्पणी गरिएको छ ।

प्रतिकृया दिनुहोस्