Monday, November 30

Breaking: नेपालमा आज थप ४२६ जनालाई मात्र कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार २ सय ७४

June 19, 2020 132

काठमाण्डौ, नेपालमामा आज कोरोना संक्रमितको संख्या घटेको छ । स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ४२६ जनालाई कोरोना पुष्टि भएको हो ।प्रबक्ता गौतमका अनुसार आज सम्म नेपालमा कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या २१६ जना रहेको छन । हालसम्म १४ सय २ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् ।मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमा ३३८ जना पुरुष र ८८ जना महिला रहेका छन्।

प्रवक्ता गौतमका अनुसार विराटनगरमा भएको परीक्षणमा ३ जना, जनकपुरमा भएको परीक्षणमा १५ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा टेकुमा २ सय ४१ जनामा कोरोना पोजेटिभ देखिएको छ। यस्तै हेटौंडामा भएको परीक्षणमा ६ जना, शिक्षण अस्पतालमा भएको परीक्षणमा ५ जनामा, पोखरामा भएको परीक्षणमा १ जना र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला कास्कीमा भएको परीक्षणमा १७ जनामा पोजेटिभ देखिएको छ। यस्तै प्रादेशिक क्षयरोग केन्द्र पोखरामा भएको परीक्षण्मा ७ जना, रुपन्देहीमा भएको परीक्षणमा १ सय ७ जना र सेती अस्पतालमा भएको परीक्षणमा २४ जना जनामा कोरोना पोजेटिभ देखिएको छ।

प्रतिकृया दिनुहोस्