Wednesday, November 25

जुम्लामा दुई मोटरसाइकलमा आगजनी

June 19, 2020 292

जुम्लामा पाकिङ्ग गरि राखेको दुई मोटरसाईकलमा आगजनी गरिएको छ ।

आगजनी कसले र किन गर्यो भन्ने अझै पत्ता लागि नसकेको प्रहरीले जनाएको छ ।
गए राति चन्दननाथ नगरपालिका – ४ स्थित कर्णाली बोडिङ स्कुल नजिकै पाकिङ्क गरेर राखिएको मोटरसाईकलमा आगजनी गरिएको हो ।

एउटा मोटर साइकल कवड हल नजिक र अर्काे मोटर साइकल पाकिङ्क गरेको स्थानदेखि एक सय मिटर अगाडी पुर्याएर आगो लगाएको अवस्थामा भेटिएको प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताए ।

चन्दननाथ ७ का पदमराज रावलको भे ४ प ६८१० नम्बरको मोटरसाइकल जलेको अवस्थामा भेटिएको प्रहरी निरीक्षक चन्दले बताए ।

त्यसैगरी चन्दननाथ ९ का लक्ष्मीचन्द्र रावलको क १ प २०७० नम्बरको मोटरसाइकल जलेको अवस्थामा भेटिएको हो ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि पनि जुम्ला बजार भित्र विभिन्न स्थानमा पाकिङ गरी राखिएका सवारीसाधन मोटरसाइकल अज्ञात व्यक्तिहरुले आगजनी गर्ने र कतिपय समयमा अन्यत्र स्थानमा लगेर बेवारिसे अवस्थामा फालिदिने समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्