Sunday, October 25

थप ६७१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७८४८ पुग्यो

June 18, 2020 320

४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ७८४८ पुगेको छ ।

उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने ११८६ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा ६ जना संक्रमित थपिएका छन् । उनीहरु मध्ये ३ जना भक्तपुर, २ जना काठमाडौं र एक जना ललितपुरका छन् ।

सबैभन्दा धेरै अर्घाखाँचीमा ९७ संक्रमित भेटिएका छन् । डडेलधुराका ८४, दैलेखका ९४, अछामका ४४, बाजुराका ४१, कैलालीका ४२, रोल्पाका ३५, सुर्खेतका ३४, नवलपुरका ३२, धनुषाका २९, बैतडीका २५, कपिलवस्तुका १७, रुपन्देहीका १२ र गोरखाका ११ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै स्याङ्जाका ९ जना, पाल्पाका ६, तनहुँ र पर्वतका ५/५ जना, पर्वत र दाङका ४/४ जना, बाँके, बर्दिया र गुल्मीका ३/३ जना, नुवाकोट, बझाङ, कञ्चनपुर, झापा र सर्लाहीका २/२ जना तथा मोरङ, नवलपरासी, महोत्तरी, सिन्धुपाल्चोक, सिन्धुली, चितवन, बाग्लुङ, र मनाङका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस्