समाचार

५०० वर्ष पुरोनो शिवको मन्दिर रेखदेख गर्दै मुस्लिम परिवार, हरेक दिन नमाजसँगै विधिवत रुपमा यसरी गर्छन् पुजा

काठमाडौँ । मुस्लिम समुदायका व्यक्तिले पनि हिन्दुको मन्दिर संरक्षण गर्छन् भन्दा जो कोहीलाई अनौठो लाग्न सक्छ । वास्तवमा भन्ने हो भने हिन्दु र मुस्लिम दुई अगलग धर्म हुन् । धर्मको नाममा मुस्लिमहरु अन्य धर्मभन्दा कट्टर हुने गर्छन् ।

तर भारतको असाम गुवाटीमा रहेको एक शिवको मन्दिरलाई मुस्लिम समुदायका व्यक्तिहरुले संरक्षण गर्दै आएका छन् । उक्त मन्दिरमा मुस्लिम र हिन्दु दुवै परिवारहरु जाने गर्छन् ।

करिब ५०० वर्ष पुरानो उक्त मन्दिर आफ्नो परिवारले संरक्षण गर्दै अएको मुखिया मतिबर रहमानले बताए । उक्त मन्दिर मन्दिरमा सबै धर्म मान्ने व्यक्तिहरु पूजा आज गर्न आउने उनको भनाइ छ । पुर्खाले गर्दै आएको परम्परा आफुले पनि छोड्न नसकेको रहमानले बताए ।

उनी बिहान बेलुकाको नवाज पछि मन्दिर वरपर सरसफाइ पनि आफै गर्छन् । पिताले मन्दिरको रेखदेख गर्दै आएको र पिताको मृत्यु पश्चात आफ्नो जिम्मामा आएको रहमानले बताए । via~medianp

Related Articles

Close