June 18, 2020 310
काठमाडौंमा थप २ जना कोरोना संक्रमित भेटिएका छन्।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले काठमाडौंमा थप २ जनामा संक्रमण भेटिएको पुष्टि गरेका हुन्।
काठमाडौंमा भेटिएका संक्रमित एक जना महिला र एक जना पुरूष हुन्।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च दरले वृद्धि भएको छ।
यस अवधिमा ६ सय ७१ जना संक्रमित थपिएका हुन्। यीसहित कुल संक्रमित ७ हजार ८४८ पुगेका छन्।
उनका अनुसार हालसम्म १ हजार १ सय ८६ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।
प्रतिकृया दिनुहोस्