Monday, November 23

सोमबार सुर्खेतमा झुण्डिएर आत्महत्या गरेकी युवतीमा कोरोना पुष्टि

June 17, 2020 424

सोमबार सुर्खेतमा झुण्डिएर मृत अवस्थामा भेटिएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै कर्णालीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ पुगेको छ ।

घर नजिकै झुण्डिएर आत्महत्या गरेकी सिम्ता गाउँपालिका-८ कि २५ वर्षीय युवतीमा कोरोना पुष्टि भएको हो ।

असार १ गते आत्महत्या गरेकी उनको शव पोस्टमार्टमका लागि मेहलकुना अस्पताल लगिएको थियो ।

पोष्टमार्टम गर्नुअघि कोरोना परीक्षण गर्दा बुधबार संक्रमण पुष्टि भएको कर्णाली सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

युवती गत जेठ १२ गते श्रीमान र तीन वर्षकी छोरीसहित भारतबाट आएर सिम्ताकै एक क्वारेन्टिनमा १४ दिन बसेर घर फर्किएकी थिइन् ।

क्वारेन्टिनबाट घर जाने क्रममा आरडीटी विधिबाट कोरोना परिक्षण गर्दा नतिजा नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए ।

त्यसपछि होम क्वारेन्टिनमा बस्ने गरी पठाइएको उनले बताए ।

युवतीको शव मेहलकुना अस्पतालमा नै राखिएको छ । उनको शव व्यवस्थापन नेपाली सेनाले गर्नेछ ।

प्रतिकृया दिनुहोस्