Tuesday, January 26

नारायणी नदीमा भेटियो २३ वर्षीय पौडेलको शव, अनुसन्धान गर्दै प्रहरी

June 17, 2020 301

गैँडाकोट-नारायणी नदीमा एक युवाको शव फेला फेरेको छ । मृत फेला पर्नेमा गैँडाकोट नगरपालिका–१ का २३ वर्षीय राजन शर्मा पौडेल रहेको बताइएको छ ।

नारायणी नदीमा माछा मार्न गएका व्यक्तिले नदीको बीच भागमा शव अड्किएर रहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । पौडेलको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल लगिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्