Monday, November 23

गो’ली नै नचली लद्दाकमा चिनियाँ सेनावाट भारतीय २० सैनिक यसरी मा’रिए !

June 17, 2020 454

एजेन्सी । भारतीय र चिनियाँ सेनाबीच लद्दाखको गलवान उपत्यकामा भएको भि ड न्तमा २० जना भारतीय सैनिकको निधन भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आफ्ना अझै १५ सैनिक बे पत्ता  भएको भारतले जनाएको छ। भारतीय मिडियाले चिन तर्फ पनि ५० जनाको निधन भएको दावी गरेको छ । तर चीनले अहिले सम्म आफ्नो तर्फ भएको क्षतिवारे केही बताएको छैन

भारत र चीनको सीमा क्षेत्र लद्दाखको गलवान भ्यालीमा सोमबार राति घटना भएको थियो ।केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले वि वाद बढेको थियो । दुवै तर्फका सेनाबीच हात हालाहाल भएको भिडियो यस अघि नै सार्वजनिक भएको थियो । सो घटनाका वारेमा चिन र भारतले आफ्नो पक्षमा भनाई सार्वजनिक गरेका छन् । दुवै पक्षले एक अर्कालाई आरोप लगाएका छन् । चिनियाँ विदेश मन्त्रालयले घटनामा प्रतिक्रिया दिँदै भनेको छ, ‘चिनियाँ सैनिकहरुमाथि हा तपा त  काम भएपछि भारत र चीनका फौजबीच सीमा क्षेत्रमा भौतिक आ क्रमण मा उत्रिएको हो।’

विगत लामो समयदेखि भारत र चीनबीच सीमामा त नाव हुँदै आएको भएपनि झ डपमा २० जनाको निधन भएको भने यो पहिलो घटना हो। भारत र चीनबीच सन् १९६२ मा भएको यु द्धमा भारत पराजित भएको थियो । सो समयदेखि भारतले चीनलाई ३८,००० वर्ग किलोमिटर क्षेत्र ओगटेको आ रोप लगाउँदै आइरहेको छ। पटकपटक भारतीय चिनियाँ सैनिकबीच सीमा क्षेत्रमा झ ड पहरू भइरहेको भएपनि वार्ताबाट समाधान निस्कन सकेको छैन । समुद्री सतहबाट १४ हजार फिटमाथि आधारातसम्म भएको सो झ डप र आफ्ना त्यती धेरै सैनिकको ज्यान जादा समेत भारतले थाहा पाएन ।

त्यस्ता हति या र प्रयोग गरेर घाइते भएका सेनाको तत्काल उद्दार हुन नपाउँदा ज्यान गएको बताइएको छ । ग म्भीर घाइते भएका १७ जना भारतीय सैनिकहरूको शून्य डिग्री सेल्सीअसभन्दा तलको तापक्रम र उच्च हिमाली क्षेत्रमा तिनीहरूलाई लागेको चो टका कारण निधन भएको बताइएको छ। लद्दाखको १४ हजार फिट उचाइँमा रहेको गालवन भ्यालीमा यो घटना भएको भएको हो ।

भारतले चीनको सिमानजिक पहाडी जमिनी यु द्धमा प्रयोग गर्ने बोफोर्स तोप यसअघि नै राखिसकेको छ भने चीनले पनि हो बित्जर तो प तैनाथ गरेको छ। तर उनीहरुको निधन भने चिसोका कारण भएको हुनेसक्ने आँकलन गरिएको छ । मे पाँच तारिखमा पूर्वी लद्दाखको पैंगोंग ताल नजिकै भारतले करिब २०० सेनालाई चिनियाँ सेनासँग भि ड्न पठाएको थियो। पूरै रात टकरावको वातावरण बनेको र त्यतीबेला धकेला-धकेर भएको भिडियो सार्वजनिक भएको थियो । एक महिना यता सो क्षेत्रमा बारम्बार झ डप जारी रहे ।

यो समस्या समाधानका लागि भारत र चिनका सुरक्षा अधिकारीको वार्ता समेत बसेको थियो । वार्ता सकारात्मक भएको प्रतिकृया आएको एक सातामै यति ठूलो क्षति हुने गरी झ डप भएको हो । भारतीय अनलाइन दैनिक भास्करका अनुसार सोमबार रात १२ देखि २ बजेसम्म लद्दाखको गलवान उपत्यकामा दुई देशका सैनिकबीच झ डप हुँदा दिल्ली भने बेखबर थियो । चिनियाँ सेनासँगको झ डपमा आफ्ना २० सैनिक मा रि एको ११ घण्टापछि मंगलबार दिउँसो २ बजेतिर बल्ल भारतीय सेनाले विज्ञप्ति जारी गरेको थियो। तर विज्ञप्तीमा पनि कर्नेसहित आफ्ना तीन सैनिक मा रिए को उल्लेख गरिएको थियो ।

घटना पछि पनि चिन र भारतका सुरक्षा अधिकारीबीच मंगलवार वार्ता भएको बताइएको छ । बैठकमा दुवै देशका मेजर जनरलका बीच कुराकानी भएको भनिएपनि विस्तृत कुरा बाहिर आएको छैन । अन्तराष्ट्रिय सञ्चार माध्यममा आएका समाचार अनुसार चीनले ४५ जना भारतीय सैनिकलाई क ब्जा मा लिएको र यीमध्ये २५ जनालाई मात्र छाडिदिएको भनिएको छ।

प्रतिकृया दिनुहोस्