Tuesday, January 26

क्वारेन्टिनमा बसेका ४४ वर्षीय पुरुषले गरे देहत्याग

June 17, 2020 394

अर्घाखाँची – अर्घाखाँची शितगंगाको जुकेना स्थित हरि माविको क्वारेन्टिनमा बसेका ४४ वर्षीय पुरुषले गरे देहत्याग
अर्घाखाँचीको शितगंगा नगरपालिकामा आरडीटी रिपोर्ट पोजेटिभ आएका एक पुरुषले देहत्याग गरेका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिका–५ जुकेनास्थित हरि माविको क्वारेन्टिनमा बसेका ४४ वर्षीय देवबहादुर विकले गएराति देहत्याग गरेका हुन् ।

विद्यालयको एउटा कोठामा सँगै बसेका दुईजना साथीहरु निदाएपछि उनले रातिमा विद्यालय नजिकैको एक रूखमा झु ण्डिएर देहत्याग गरेको वडा अध्यक्ष कमल पौडेलले बताए । उनको २४ गते गरिएको आरडीटी परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । पीसीआर परीक्षणका लागि २५ गते उनको स्वाबको नमुना लिएर प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको थियो ।

उनी भारतको पञ्जाबबाट आएर क्वारेन्टाइनमा बसेका थिए । उनी भारतबाट आएको २५ दिन भएको थियो । उक्त क्वारेन्टाइनमा २५ जना रहेका छन् ।उनको परिवारमा ६ जना सद्स्य रहेको र समयमा रिपोर्ट नआउँदा नैराश्यता र नकारात्मक कुराहरु मनमा आएको हुन सक्ने जसको कारण सो घटना हुन सक्ने आकलन गरिएको छ। यद्द्पी थप तथ्य आबस्यक अनुसन्धान पछी थाहा हुनेछ।

यसैबीच अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले प्रयोगशालाले पीसीआर परीक्षण रिपोर्ट दिन ज्यादै ढिलाइ गर्दा यस्ता दुःखद् घटनाहरु हुन थालेको प्रतिक्रिया मिडियालाई दिएका छन । । ‘समयमा रिपोर्ट नआउँदा मान्छेहरुमा नैराश्यता र नकारात्मक कुराहरु आउने समस्या भयो,’ प्रजिअ पौडेलले जानकारी गराएका छन ।

प्रतिकृया दिनुहोस्