Sunday, October 25

चीनको सीमामा तनाब बढेपछि भारतले बोलायो गोर्खा सैनिक

June 17, 2020 250

काठमाडाैं । भारत र चीन सीमामा ४५ वर्षपछि पहिलोपटक दुई देशका सैनिकबीचको दोहोरो भि डन्तमा मानवीय क्षति भएको छ । सोमबार राति भएको दुई पक्षबीचको भि डन्तमा २० सैनिकको निधन भएको भारतले जनाएको छ । यद्यपि, दुई देशका सैनिक अधिकारीबीच पछिल्लो अवस्थालाई लिएर वार्ता पनि भइरहेको जानकारी दिइएको छ । ५ मेमा लद्दाखको प्यान्गोङ सो हिमतालनजिकै दुई देशका सैनिकबीच ध’केलाध’केल हुँदा दुवैतर्फका केही सैनिक घाइते भएका थिए । भि डन्त गर्ने अवस्थामै दुई देशका सैनिक पुगिसकेका थिएनन् ।

चिनियाँ जनमुक्ति सेना यसअघिको लाइन अफ एक्चुयल कन्ट्रोल पार गरेर भारतीय भूमिमा केही किलोमिटर भित्र आएपछि त नाव भएको भारतको दाबी छ । सीमामा त नाव बढेपछि दुवै देशले सैन्यस्तरको वार्ता र सीमामा सैन्य उपस्थिति बढाएका छन् । तर, चिनियाँ विदेश मन्त्रालयले भने भारतीय सैनिकहरू चिनियाँ सीमा पार गर्दै घुसेपछि चिनियाँ सैनिकसँग झ डप भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

पत्रकार सम्मेलनमा भने चिनियाँ विदेशमन्त्री लिजीयानले दुबै सेनाकाबीचमा भएको मानवीय क्ष तिबारे केही पनि उल्लेख गरेनन् । जुन ६ मा सैन्य अधिकारी स्तरमा भएको वार्ता र समझदारी बिपरीत भारतीय सेनाले पटक पटक सीमा पार गरे पछि यो घटना भएको लिजियानले बताए ।

उक्त पत्रकार सम्मेलनमा भने चिनियाँ विदेशमन्त्री लिजीयानले दुबै सेनाकाबीचमा भएको मानवीय क्ष तिबारे केही पनि उल्लेख गरेनन् । जुन ६ मा सैन्य अधिकारी स्तरमा भएको वार्ता र समझदारी बिपरीत भारतीय सेनाले पटक पटक सीमा पार गरे पछि यो घटना भएको लिजियानले बताए ।

दुइ देशका सेना बिचको भि डन्तमा २० जना भारतीय सेनाको निधन भएको थियो भने चीन तर्फ भएको केही बताईएको छैन । उनले भारतीय पक्षबाट सीमा पार हुने ह र्कतले त नाव बढ्ने भन्दै झाओेले सैन्य तथा कुटनीतिक स्तरमा छलफलहरु भईरहेको बताए ।

त्यस्तै चीनसँगको लडाई मा परी भारतीय सैनिकहरूको ज्या न गएपछि यु द्वको स्थिति बन्ने सम्भावना देखेर नेपालमा छुट्टी मनाइरहेका गोर्खा सैनिकलाई भारतले फिर्ता बोलाएको छ। भारतीय सेनामा कार्यरत गोर्खालीहरू भारतमा कोरोना सं क्रमण बढ्नु अघि नै छुट्टी मनाउन घर आएका थिए। तर, चीनसँग उत्तरी सीमा वि’ वाद चुलिएपछि भारतीय सेनाले छुट्टी मनाइरहेका गोर्खालीलाई काममा फर्कन आदेश दिएको हो।

भारतको रक्षामन्त्री राजनाथ सिंहले चीनसँग यु द्धको स्थिति बनेसँगै गो प्य बैठक बोलाएका छन् । जसमा चीफ अफ डिफेन्स स्टाफ विपीन रावत र अन्‍य अधिकारीहरु सहभागी छन्। भारतीय विदेशमन्त्री एस जयशंकर समेत बैठकमा सहभागी छन्। सोमबार रुपन्देहीको बेलहिया नाकाबाट भारतीय सेनामा भर्ती भएका १८ जना गोर्खा रेजिमेन्ट सैनिकहरु भारत प्रवेश गरेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक ईश्वरी अधिकारीले जानकारी दिएका छन्।

उनले भने, ‘केही दिनयता भारतीय सेनामा भर्ती भएका नेपालीहरु भारत जाने क्रम बढेको थियो। आज पनि गइरहेका छन्। आज कति जना गए भन्ने तथ्यांक बेलुका ७ बजेसम्म आउँछ।’ दुई दिनदेखि गोर्खाली सेना नेपालबाट भारत प्रवेश गर्न थालेको भारतीय सञ्‍चार माध्‍यमले उल्लेख गरेका छन्। नेपाल–भारत बोर्डरमा उनीहरूको थर्मल स्क्यानिङ भएको थियो।

 

प्रतिकृया दिनुहोस्