June 17, 2020 269
काठमाडौं । नेपालमा कोरोना भाइरसबाट मृ’त्यु हुनेको संख्या २० पुगेको छ ।बाँकेको बैजनाथ गाउँपालिका–६ की ४६ वर्षीया महिलाको कोरोनाबाट मृ’त्यु भएको हो ।नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत महिलाको सोमबार साँझ साढे ६ बजेतिर मृ’त्यु भएको थियो। मंगलबार राति आएको उनको पीसीआर रिपोर्टमा कोरोना संक्रमण देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ । ३० जेठमा अस्पतालमा भर्ना भएकी उनको आइसीयूमा उपचाररत अवस्थामा ज्यान गएको हो ।
बाँकेमा कोरोना भाइरसबाट मृत्यु हुने उनी दोस्रो व्यक्ति हुन् ।उनी नि’मोनियाले पी’डित थिइन् । स्वास्थ्य ग’म्भीर हुँदै गएपछि जेठ ३० गते उनलाई अस्पताल भर्ना गरिएको थियो । यसअघि ४ जेठमा बाँकेको नरैनापुर गाउँपालिका–५ का २५ वर्षीय युवकको कोरोनाबाटै मृ’त्यु भएको थियो ।
प्रतिकृया दिनुहोस्