Saturday, November 28

भारतीय मिडियामा बोल्दै सांसद गिरी : नेपालको लोकतन्त्र र अर्थतन्त्र भारतले बचाउने भन्दै भारतकै प्रशंसा (भिडियोसहित)

June 16, 2020 361

काठमाडौं, २ असार : जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले भारतीय सञ्चार माध्यमलाई अन्तर्वार्ता दिँदै उनले चीनको उक्साहटमा नेपालले नयाँ नक्सा जारी गरेको विवादास्पद अभिव्यक्ति दिएकी छिन् ।

टिभीनाइन भारतवर्षलाई अन्तवार्ता दिँदै सांसद गिरीले चीनको कुनै न कुनै समूहबाट नेपाल उक्साहट भएर नयाँ नक्सा जारी गरेको बताएकी छिन् ।

नयाँ नक्सा जारी गर्दा नेपाल सरकारले स्रोत र आधारबारे केही उल्लेख नगरेकाले आफूले आपत्ति जनाएको बताएकी उनले भारतसँगै चीनको सीमा समस्या समाधान गर्ने गरी नक्सा ल्याउनु पर्ने बताउँदा आफूलाई राष्ट्रविरोधीको रुपमा चित्रण गरिएको गुनासो गरेकी छिन् ।

तराई मधेशका जनताले पहिचानका लागि १२ वर्षदेखि संघर्ष गर्दा पनि बेवास्ता गरेको भन्दै सांसद गिरीले मधेशी जनतालाई भारतीय एजेन्ट र जासूसको रुपमा सरकारले हेर्ने गरेको विवादास्पद भनाइ राखेकी छिन् ।

प्रतिकृया दिनुहोस्