काठमाडौं-साउन २७ गते आफ्नी प्रेमिकासंग कानुनी विवाह गरेका नेपाल आइडल सिजन वानका फस्ट रनरअप निशाना भट्टराईले विवाहको तस्विर शेयर गरेका छन् ।
लामो समय प्रेममा रहेका निशान ऋचाले मंगलवार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर जिल्ला अदालत पुगेर कानुनी विवाह गरेका थिए ।
विवाह बन्धनमा बाधिएको २ दिनपछि उनले सामाजिक संजाल फेसबुकमा आफ्नो विवाहको तस्विर शेयर गर्दै फ्यानहरुलाई धन्यवाद दिएर उनले कानुनी बिहे गर्नुको कारण खुलाएका छन् ।
उनले लेखेका छन् ‘हजुरहरु सबैजाना प्रती धेरै(धेरै अभारी छौँ। यति धेरै माया र आसिर्बाद हामीले पाएकोमा धेरै नै खुशी छौँ । यो अहिलेको जटिल समयका कारण हामीले कानुनी विवाह गर्ने निर्णयलाई उचित सम्झ्यौ र यसलाई सफल बनायौ । हजुरहरुको माया र आशीर्वाद यसरि नै सधैं कायम रहिरहोस‘।।’ निशानले पछिल्लो समय गाएको गीत के माया लाग्छ र अत्यन्तै चर्चामा रहेको छ ।
प्रतिकृया दिनुहोस्