Monday, November 23

बुबालाई सम्हाल्न सुशान्तको दिदी अमेरिकाबाट भोली आउदै…

June 15, 2020 177

विश्व कोरोना भाइरससँग जुधिरहेको बेला बलिउड उद्योग पनि शोकमा डुबेको छ । लकडाउनको अवधिमा २० भन्दा बढी कलाकारहरुको निधन भइसकेको छ ।

सुशान्त सिंह राजपुतले आइतबार आ त्मह त्या गरे ।उनको बुबा भावविह्वल अवस्थामा छन् ।उनका परिवारका अन्य सदस्यहरुले उनलाई सान्त्वना दिइरहेका छन् ।उनले ३ दिन अगाडीमात्र बुबालाई फोन गरेर कोरोनाबाट बच्न आग्रह गरेका थिए ।बुबासँग रहेकी सहयोगीलाई बुबाको केयर गर्न , कोरोनाबाट बच्न र बाहिरफेर निस्कन नदिन आग्रह गरेका थिए ।उनी १६ वर्षको हुदाँ उनको आमाको निधन भएपछि बुबा र दिदीहरुले नै उनलाई सम्हाली रहेका थिए ।उनको अन्तिम बिदाईमा उनका आफन्त र साथी उपस्थित भए पनि उनको दिदी स्वेता सिंह भने अमेरिकामा भएको कारण भाइको मुख हेर्न आउन पाइन्न ।उनले फेसबुकमा स्टाटस लेख्दै आफु आउन नपाएको दुखी भएको बताएकी छिन् ।“सबैको सहयोगले गर्दा मेरो टिकट भयो, म १६ तारिक आफ्नो जन्मभुमि आउँदैछु ।म दिल्ली हुदै मुम्बई प्रस्थान गर्दैछु ।यो शोकाकुल अवस्थामा म मेरो परिवारसँग बस्न चाहन्छु तर क्वारेन्टाइनमा बस्नु पर्ने डरले मुटु कामिरहेको छ ।” उनले भनिन् ।..

Shweta Singh Kirti

… tickets to India are confirmed. I am flying on 16th, will reach Mumbai via Delhi. Worried about 7 Day quarantine period… is there a way it can be waived off? I need to get to my family soon. ?

प्रतिकृया दिनुहोस्