Monday, November 30

पर्सामा मेयरकी श्रीमती र छोरीसहित थप ४५ जनामा कोरोना संक्रमण

August 2, 2020 158

पर्सा : पर्सामा फेरि ४५ जना नयाँ संक्रमित थपिएका छन्। संक्रमितहरु अधिकांश वीरगञ्ज महानगरपालिका बजार क्षेत्रका हुन्। सबैभन्दा बढि वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका १६ जना छन्। त्यसै गरी वडा नम्बर ४ विर्ता र भगवती टोलका १५ जना रहेको वीरगञ्जको नारायणी अस्पतालको बिशेष कोभिड अस्पताल गण्डकका इन्चार्ज डा.निरज कुमार सिंहले बताए। त्यसै गरी वीरगञ्जको ड्राइपोर्टका ५, वीरगञ्ज ३ छपकैयाका १, वीरगञ्ज ८ का १, वीरगञ्जको मनियारीका १ जना रहेका छन। वीरगञ्ज बाहिरको पालिकाहरुमा ठोरीको निर्मलवस्तीका १, सखुवाप्रसौनीका १ जना रहेको डा सिंहले बताए।

संक्रमित हुनेमा वीरगञजका मेयर विजयकुमार सरावगी श्रीमती र छोरीमा पनि संक्रमण पुष्टि भएको छ। संक्रमितहरु ५ वर्ष देखि ६२ बर्ष उमेर समूहका रहेको वीरगञ्जको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन कुमार उपाध्यायले बताए। मास ट्रेसिङ्गका क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको उनको भनाइ छ। संक्रमित मध्ये १४ जना महिला र ३१ जना पुरुष रहेका रहेका छन्। पर्सामा नयाँ थपिएका संक्रमितसहित अहिलेसम्म कुल संक्रमितको संख्या ५ सय ४ पुगेको छ। संक्रमित मध्ये १ सय ८८ जनाले कोरोना जितेर डिष्चार्ज पनि भइसकेका छन्।

प्रतिकृया दिनुहोस्