August 1, 2020 142
घर नजिकैको पाखोमा बाख्रा चराउन गएका जाजरकोट भेरी नगरपालिका—७ दोकानाका एक बालक पहिरोमा पुरिएर बे’पत्ता छन् । अर्का बालक घा’इते भएका छन् ।
बाख्राको गोठालो गरिरहेको बेलामा एक्कासी आएको सुख्खा पहिरोले धनवीर परियारका १२ वर्षीय छोरा खिमबहादुर परियारलाई पुरेको जिल्ला प्रहरी प्रमुख किशोर श्रेष्ठले बताए। उनीसँगै गोठालो गएका मोतिलाल बिकका छोरा १२ वर्षीय प्रदिप बिक पहिरोमा परेर ग’म्भीर घा’इते भएका छन्।
उनको हात भाँ’चिएको छ भने टाउकोमा चोट लागेको छ । घा’इतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । घा’इते प्रदिपलाई तत्काल स्थानीयले उद्धार गरे पनि खिमलाल भने अझै बेपत्ता छन्। पहिरोमा पु’रिएका बालकको खोजी भइरहेको प्रहरी प्रमुख श्रेष्ठले बताए। पहिरो ठुलो भएकोले पुरि’एका बालक निकाल्न कठिन भएको उनले बताए।
प्रतिकृया दिनुहोस्