Tuesday, November 24

वीरगञ्जमा कोरोना संक्रमितले बच्चा जन्माइन्

August 1, 2020 109

वीरगञ्ज, १६ साउन । नारायणी अस्पतालको गण्डक अस्थायी को भिड हस्पिटलमा उपचाररत को रोना सं क्रमित गर्भवतीले छोरीलाई जन्म दिएकी छन् ।अस्पतालका इन्चार्ज डा. नीरजकुमार सिंहका अनुसार वीरगन्ज महानगरपालिका–१ छप्कैयानिवासी ३१ वर्षीया महिलाले शुक्रबार बिहान ४ बजेर १० मिनेटमा छोरी जन्माएकी हुन् ।

आमा र छोरी दुवैको स्वास्थ्य सामान्य रहेको डा. सिंहले जानकारी दिनुभयाे । ‘आमा र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य छ,’  डा. सिंहले भन्नुभयाे, ‘संक्रमित महिलाले ३ केजी तौल भएकी छोरीलाई जन्म दिएकी छन् ।’

सिंहका अनुसार  को रोना पो जेटिभ देखिएपछि महिलालाई बिहिबारदेखि नै गण्डक अस्पतालमा भर्ना गरिएको थियो । नेसनल मेडिकल कलेज उपचार गराउन पुगेकी उक्त महिलामा को रोना स ङ्क्रमण भेटिएपछि उनलाई गण्डक ल्याइएको थियो ।

‘को रोनाको शं का लागेर बिहीबार मेडिकल कलेजले को रोना अस्पताल पठायो,’ उहाँले भन्नुभयाे, ‘बिहीबार राति नै गर्भवती महिलाको पीसीआर रिपोर्टमा को रोना पोजेटिभ आएको थियो ।’

यो समाचार पनि पढ्नुहोस,काठमाडौं, साउन । प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशको अपार आकर्षणपछि न्यूज २४ टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘सीधाकुरा जनतासंग’को यात्रा प्रदेश नम्बर ५ प्रवेश गरेको छ । को रोना भा इरस म हामारीको सं क्रमण र बाढी पहिरोको त्रा सबीच जनताको घरदैलो अभियान सुरु गरेको सीधाकुरा जनतासंगले प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आफ्नो उपस्थिति प्रभावकारीरुपमा जनाइसकेको छ ।

सीधाकुरा जनतासँगको भोलि (विहीबार)को एपिसोड प्रदेश ५ बाट प्रत्यक्ष प्रसारण हुँदैछ । यस्का लागि प्रदेश ५ का दर्शकहरुले ९८०१५७२४२४ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । विकास र समस्याका कतिपय मु द्दामा राज्यको नजर पर्न नसकेको र जनताको गुनासो सुन्ने निकायहरु मौन बसिदिएको अवस्थामा सीधाकुराले यिनै आवाज र गुनासोहरुको प्रतिनिधित्व गर्दै आएको छ ।

प्रदेश १ र प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका जनताहरु आफ्ना समस्या र गुनासो बोकेर सर्वसाधारण न्यूज २४ को घरदैलो अभियानमा होमिएका थिए । ठूलो संख्यामा उपस्थित उनीहरुले स्थानीय समस्या र आफूहरुमाथि आइपरेको अन्यायमा आवाज उठाइ दिन न्यूज २४ समक्ष अनुरोध गरेका थिए ।

को रोना भा इरस को भिड १९ को म हा मारीको कारण आम जनता आफ्नो गुनासो गुम्साएर आ–आफ्नै घरमा बस्न विवश भएको अवस्थालाई चिर्दै न्यूज २४ को सीधाकुरा जनतासंगको टोली जनताको घर दैलोमा पुग्ने अभियान आरम्भ गरेको हो ।

गत असार २८ गतेदेखि प्रदेश १ बाट सुरु भएको यस घरदैलो अभियान सातै प्रदेशमा पुग्नेछ । यस यात्राको क्रममा सीधाकुरा जनतासंग कार्यक्रम प्रदेश १ को इलाम , झापा, सुनसरी, प्रदेश २ को जनकपुर र बीरगञ्ज, बागमती प्रदेशको चितवन, गण्डकी प्रदेशको कास्की र बागलुङबाट प्रसारण भइसकेको छ ।

प्रतिकृया दिनुहोस्