पटना सेन्ट्रल रेन्जका आइजी सञ्जय सिंहका अनुसार सुशान्तका बुबाको गुनासो ३ व्यक्तिले यस्तो गर्न उक्साएको भन्ने छ । सञ्जयका अनुसार चोरीसहित विभिन्न धारा अन्तर्गत राजिव नगर पुलिस स्टेश्नमा एफआइआर दर्ता भएको छ, आरोप जे भएपनि सबै विषयको अनुसन्धानका लागि टोलीलाई मुम्बई पठाइएको छ ।
उता, एसएसपी उपेन्द्रकुमार शर्माले आइतबार एफआईआर दर्ता भएको जानकारी दिए । राजिव नगर पुलिस स्टेशनका निशान्तले उक्त केशको अनुसन्धान गरिरहेका छन् । एफआईआर दर्ता गरेपछि निशान्तसहित ४ सदस्यीय टोलीलाई मुम्बई पठाइएको छ । उक्त टोली अहिले त्यहाँ पुगिसकेको र प्रहरीको सम्पर्कमा रहेको छ ।
मंगलबार मुम्बई पुगेलगत्तै पटना पुलिसले त्यहाँका एक बरिष्ठ अधिकारीसँग सम्पर्क गरेको छ । लामो कुराकानीपछि सुशान्तको डायरीको प्रतिलिपी प्रदान गर्न आग्रह गरिएको छ । प्रहरीका अनुसार रिया चक्रवर्तीमाथि गम्भीर आरोप लगाइएको छ । रियाले सुशान्तलाई आफ्नो परिवारबाट टाढा राखेको र सुशान्तको बैंक खाता पनि उनैले व्यवस्थापन गरी आर्थिक हिनामिना गरेको आरोप समेत लगाइएको छ ।
अहिले सुशान्तको बैंक खाता र व्यापारसम्बन्धी कुराको पनि खोजी गर्ने काम सुरु गरिएको छ । अनुसन्धानका लागि मुम्बई गएको टोलीको नेतृत्व राजिव नगर पुलिस स्टेशनका अधिकारी निशान्त सिंहले गरेका छन् भने उनीसँग इन्स्पेक्टर कैसर आलम, मनोरञ्जन भारती र अर्का एक इन्स्पेक्टर रहेका छन् ।
भारतीय मिडियाले जनाए अनुसार उनले लगाएका १० आरोप यस्ता छन् ।
आरोप नम्बर एक : सुशांत सिंह राजपूतका बुबाले भनेका छन् सन् २०१९ अघि मेरो छोरा सुशांतलाई कुनै पनि प्रकारको मानसिक समस्या थिएन, रिया चक्रवर्तीको सम्पर्कमा आउँदा अचानक के भयो, सुशांत सिंहलाई मानसिक विचलित बनाउन उनले त्यस्तो के गरिन् ?
आरोप नम्बर दुई : यदि सुशांत सिंह राजपूतको मस्तिष्कको उपचार भैरहेको थियो भने किन उनको परिवारबाट कुनै लिखित वा मौखिक अनुमति लिइएको छैन। किनभने जब कोही मानसिक रूपले बिरामी छ, उसको सबै अधिकार उसको परिवारसँग छ, यसको अनुसन्धान गरिनु पर्छ।
आरोप नम्बर तीन : मेरो छोरा सुशांत सिंहको संरक्षकको रुपमा रिया चक्रवर्तीलाई किन ब्यवहार गरियो ? मलाई लाग्छ यी डाक्टरहरू पनि रियाको सबै षडयन्त्रमा संलग्न थिए। यसको अनुसन्धान गरिनु पर्छ किन उनीहरुले परिवारको अनुमति विना उपचार गरे । मेरो छोरालाई कुन औषधि दिइयो यस बारे थाहा हुनुपर्दछ।

आरोप नम्बर चार : जब रियाले थाहा पाइन् कि सुशांत सिंह राजपूतको मानसिक अवस्था खराब छ, यस अवस्थामा उनीले एक्लै उपचारको जिम्मा लिने मेरो छोराको उपचाको सबै किन लगिन् ? उनले त्यहि समयमा, मेरो छोरालाई त्यो नाजुक अवस्थामा छोडेर हिडिन् र ऊसँगको सबै सम्पर्क अन्त्य समेत गरिन् , त्यसैले मेरो छोरोले देह त्याग गर्यो।
आरोप नम्बर पाँच : सुशांत सिंह राजपूतका बुबाले भने कि मेरो छोरा फिल्मको रेखा छोडेर केरलामा जैविक खेती गर्न चाहन्थ्यो, उसको साथी महेश उनीसँग जान तयार थिए, तब रियाले विरोध गरिन् र उसलाई कतै जान दिइनन् । यदि उनले भनेको नमानेर मेरो छोरा गएभने आफुसंग भएका सबै मेडिकल रिपोर्ट समेत मिडियालाई दिने ध म्की दिइन् । उसको स्वास्थ्य अवस्थाका बारेमा सबै सार्वजनिक गर्ने चेतावनी दिइन् ।
आरोप संख्या छ : रिया चक्रवर्तीको बैंक ब्यालेन्स पनि कम हुँदै गइरहेको थियो, त्यसैले रियालाई लाग्यो कि सुशान्त अब उनको लागि कुनै काम लाग्दैन । यस पछि जून ८ सम्म रिया चक्रवर्ती सुशांत सिंह राजपूतसँगै बसिन् र सबै नगद, गहना, ल्यापटप, पासवर्ड, क्रेडिट कार्ड र उसको पिन नम्बर, सबै आवश्यक कागजात र सुशान्तको उपचार कागजात लिएर घर गइन्।
आरोप नम्बर सात : रिया चक्रवर्तीले उनको फोनमा सुशांत सिंह राजपूतको फोन नम्बर ब्लक गरेकी थिइन् । यस पछि सुशांतले आफ्नी बहिनीलाई बोलाए र उनले भने रियाले मलाई कतै अप्ठेरोमा पार्नेछ । उनी यहाँबाट मलाई छोडेर गएकी छन् । मलाई ध म्की पनि दिएकी छन् यदि तिमीले मेरो कुरा सुनेनौ भने तिम्रा सबै कागजातहरू मिडिया सामु सार्वजनिक गरिदिन्छु । तिमीलाई पागल सावित गरिदिन्छु ।
आरोप नम्बर आठ : सुशांत सिंह राजपूतका बुबाले एक विज्ञप्तिमा भनेका छन् ूजून ८ मा, सुशांतले सँग गोप्य रूपमा राखेको दिशा नामकी सेक्रेटरीले देह त्याग गरेपछि जस पछि मिडियामा धेरै समाचारहरू फैलिन थाल्यो । यो विषयले पनि छोरालाई नकारात्मक असर पर्यो । त्यती बेला सहाराको लागि मेरो छोराले रियालाई सम्पर्क गर्न कडा परिश्रम गर्यो तर रियाले मेरो छोराको नम्बर ब्लक गरेकी थिइन् । मेरो छोरा भित्र गहिरो चिन्ता थियो कि रियाले उनलाई कुनै आरोप नलगाउन् । सुशान्तलाई दिशाको निधनमा पनि आफुलाई रियाले जिम्मेवार बनाउँछ की भन्ने शंका थियो ।
आरोप नम्बर नौ : मेरो छोराको कोटक महिन्द्राको बैंक खातामा करिब करोड रुपैयाँ थियो, पछिल्लो बर्षमा केहि करोड निकालिएको थियो । तर त्यो पैसा निकाल्न मेरो छोरासंग कुनै अनुमति लिइएन । मेरो छोराको सबै खाता जाँच गरिनु पर्छ। यी बैंकबाट कति पैसा आएको थियो क्रेडिट कार्ड रिया चक्रवर्तीले आफ्नो परिवार र साथीहरूसँग ठगी र षडयन्त्र गरेर प्रयोग गरे ।
आरोप नम्बर दस : यस घटना हुनु अघि सुशांत सिंह राजपूत अभिनयको संसारमा एक ठूलो नाम थियो, त्यसोभए के कारण छ कि रियाको आगमन पछि, सुशांत सिंहको फिल्म कम हुँदै गयो । यो कुराको पनि अनुसन्धान हुनुपर्छ ।
सुशान्तका बुवाले रिया विरुद्ध उजुरी दिए लगत्तै अंकिताले दिइन् यस्तो प्रतिकृया, सामाजिक सञ्जालमा चर्चा
बलिउड अभिनेता सुशान्तसिंह राजपुतका बुवाले आफ्नो छोरालाई देह त्याग गर्न बाध्य पारेको भन्दै उजुरी दिएपछि सुशान्तको पूर्वप्रेमिका अंकिता लोखंडेले प्रतिकृया जनाएकी छन् । उनले सामाजिक सञ्जालमा सत्यले जित्ने भन्दै स्टाटस लेखेकी छन् ।
सुशान्त निधन घटनामा पिता केके सिंहले प्रेमिका रिया चक्रवर्तीविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । सो समाचार बाहिरिए पछि अंकिताले प्रतिकृया दिएकी हुन् । उनले सो समाचरा बाहिरिए लगत्तै अंकिताले इंस्टाग्राममा सत्यको जित हुने उल्लेख गरेकी छन्। उनको पोस्टमा फ्यानहरुले सधै सत्यले नै जित्ने भन्दै धन्यवाद दिएका छन्। सुशान्तका पिताले रियाविरुद्ध ग म्भीर १० आरोप लगाउँदै पटना प्रहरीमा उजुरी दिएका छन्। पटना प्रहरीको दुई टिम मुम्बई गएर अनुसन्धान थालेको छ।
पिताको उजुरीमा रिया र उनको परिवारमाथि सुशान्तलाई परिवारबाट अलग गर्ने प्रयास गरेको, परिवारबाट टाढा राख्न नम्बर नै परिवर्तन गरिदिएको, सुशान्तमाथि नियन्त्रण राख्न उनका पुरै कर्मचारी परिवर्तन गरेको, सुशान्तको अकाउन्टबाट पैसा निकालेको र ब्ल्याकमेल गरेको आरोप लगाइएको छ। उनलाई पागल सावित गर्न चिकित्सकसंग मिलेको आरोप पनि केकेले लगाएका छन् ।
सुशान्तको उपचार हुँदा परिवारका सदस्यलाई त्यसको जानकारी नदिइएको भन्दै र सुशान्तलाई उपचारको कागजपत्र सार्वजनिक गरिदिन्छु भन्दै ध म्की दिने गरेको आरोप पनि उनले लगाएका छन् । सुशान्तका पिताले आफ्नो छोरालाई ब्ल्यामेल गरेर ध म्की दिएर देह त्याग गर्न बाध्य पारेको आरोप समेत लगाएका छन्।
प्रतिकृया दिनुहोस्