Wednesday, October 21

अब मास्क नलगाउनेलाई एक महिना कैद

July 31, 2020 103

अहिले विश्वभर छरिएकाे काेराेना भाइरसले विश्व हल्लाएकाे छ । त्यसैक्रममा देश बिदेशमा कानुनले राेचक राेचक नियम बनाएका छन् । त्यस्तै राेचक नियममा, मास्क नलगाइकन हिँड्ने र सेनीटाइजरको प्रयोग नगर्नेलाई मोरङमा एक महिनासम्म कैद स जाय गरिने ।

महामारीको रुपमा फैलिएको कोरोना भाइ रसको संक्र मणबाट जोगिन मास्क र सेनीटाइजरको आवश्यकता एवं प्रयोग अनिवार्य रहेको ठहर गर्दै जिल्ला कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले यस्तो निर्णय गरे ।

संक्र मणलाई नियन्त्रण गर्न स्वास्थ्य, सुरक्षा र यातायातसँग सम्बन्धित मापदण्ड सबैले पालना गर्नु पर्ने भएकाले कैद सजा यको बाध्यकारी निर्णय गर्नु परेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए । कोरोनाबाट बच्न सबै जनाले दुई मिटरको सामाजिक दूरी कायम गरी मास्क र सेनीटाइजरको अनिवार्य प्रयोग गर्नु पर्ने उनले बताए ।

यसलाई उल्लंघन गर्नेलाई संक्रा मक रोग निवारण ऐन २०२० बमोजिम एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना गरिने निर्णय कोभिड-१९ उच्चस्तरीय समितिको बैठकबाट भएको उनको भनाइ छ । यस्ता कामलाई बाधा गर्नेलाई छ महिनासम्म कैद वा छ सय रुपैयाँसम्म जरिवाना गरिने जानकारी खड्काले दिए ।

‘कोरोनाले महामारीको रुप लिइरहेका बेला सबैले साव धानी अपनाउनु पर्ने हो । तर हेलचेक्राई गरिरहेका कारण संक्रमण फैलिएको पाइयो,’ उनले भने, ‘त्यही भएर कोरोनाबाट सबैलाई सुरक्षित राख्नका लागि कार बाहीको बाध्यकारी निर्णय गर्नुपर्ने अवस्था । नियम उल्लंघन गर्ने सबैलाई कार बाहीको दायरामा ल्याइने छ ।’

प्रतिकृया दिनुहोस्