Monday, March 8

पाटनको आइसियुमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

July 31, 2020 391

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

अस्पतालका निर्देशक डा विष्णु शर्माले ६५ वर्षीया एक कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरे।

उनले भने, ‘तराईतिरबाट रिफर भएर आएका थिए । आज उपचारकै क्रममा उहाँको निधन भयो।’ डा शर्माका अनुसार ती ६५ वर्षीया महिला उच्च रक्तचापकी पनि बिरामी थिइन्। उनलाई ६ साउनमा पाटन अस्पतालको आइसियुमा भर्ना गरिएको थियो।

केही दिनयता नेपालमा कोरोना संक्रमितको मृत्युदर बढीरहेको छ । जसले गर्दा कोरोना भारइसले नयाँ रुप लिएको हुनसक्ने जनसवास्थ्य विज्ञहरु बताउँन् ।

प्रतिकृया दिनुहोस्