Monday, October 26

‘सानी नातिनी र बुहारी ऐश्वर्या अस्पतालबाट डिस्चार्ज हुदा मैले आफ्नो आँशु रोक्नै सकिनँ : अमिताभ बच्चन

July 31, 2020 109

काठमाडौ साउन १६ । बलिउड अभिनेता अमिताभ बच्चन यतिबेला मुम्बइको नानावती अस्पतालमा कोभिड १९ को उपचारमा छन् ।उनीसँगै उनका छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्या पनि कोरोना संक्रमित भएपछि उपचार भइरहेको छ ।

तर जब बुहारी ऐश्वर्या र ८ वर्षीया नातिनी आराध्या हालै अस्पतालबाट डिस्चार्ज भइन्, अमिताभले आँशु थाम्न सकेनन् । अमिताभले हालै ट्वीट गर्दै बुहारी र नातिनी घर फर्किएको जानकारी दिएका थिए । ‘सानी नातिनी र बुहारीले अस्पतालबाट मुक्ति पाउँदा मैले आफ्नो आँशु रोक्न सकिनँ, प्रभु तिम्रो कृपा अपार, अपरम्पार छ,’ अमिताभले हिन्दी भाषामा लेखेका थिए ।अन्न्पुर्ण पोष्टमा खबर छ ।

ऐश्वर्या १० दिनपछि सोमबार अस्पतालबाट डिस्चार्ज भएकी हुन् । तर उनका पति अभिषेक र ससूरा अमिताभ अस्पतालमै उपचाररत छन् । यससँगै ऐश्वर्या र उनकी छोरी आराध्या घर पुगेपछि पनि नियमित स्वास्थ्य निगरानीमा रहनेछिन् ।

अमिताभ र अभिषेकलाई जुलाइ ११ मा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट ऐश्वर्या पनि संक्रमित भएको थाहा भएको हो ।

प्रतिकृया दिनुहोस्