Sunday, January 24

एसिड प्रहारबाट घाईते पवित्र कार्कीका दाजु भन्छन् बहिनिलाई झै अपराधीलाई पनि एसिड हान्न पाउ !

July 31, 2020 191

हाम्रो समाजमा अहिले अपराधीक घटना खुबै घट्न थालेका छन् । केही गन्य मात्रामा अपराधी भएतापनी अहयोगी हात भने धेरै लम्किने पनि गर्दछन् । केही दिन अगाडी एसिड प्रहारबाट घाइते भएकी ओखलढुंगाकी पवित्रा कार्कीलाई उद्यमी तथा समाजसेवी हेम थापाले नगद सहयोग गरेका छन् ।

काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचाररत कार्कीलाई भेटेर हेम थापाले अमेरिकाबाट पठाएको २० हजार नगद सामाजिक संजालमा सक्रिय मुकुन्द घिमिरे “मुकुन्दे” ले पिडित पवित्राकी आमालाई हस्तान्तरण गरेका छन् । पवित्रालाई भेट्न र उनलाई आएको नगद उपलब्ध गराउन मुकुन्दको साथमा अर्का अभियन्ता पुण्य गौतम पनि अस्पताल पुगेका थिए । भेटघाटका क्रममा पवित्राकी आमा र उनका दाईले दोषीलाई कडा भन्दा कडा कारवाही हुनुपर्ने बताएका छन् ।

यही साउन ८ गते साँझ काठमाडौंको सीतापाइलामा कार्कीमाथि एसिड प्रहार भएको थियो । उनलाई एसिड प्रहार गर्ने भारतीय नागरिकलाई प्रहरीले सोही दिन राति पक्राउ गरेको थियो । बिस्तृतमा भिडियोमा हेर्नुहोला :

प्रतिकृया दिनुहोस्