Thursday, January 21

भारतमा एकै दिन ५५ हजारमा संक्रमण, अवस्था भयाभह

July 31, 2020 113

काठमाडौं – भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्दै गइरहेको छ । अमेरिका र ब्राजिलले कोरोना नियन्त्रणमा हार खाइरहेका बेला भारतमा दैनिक संक्रमितको संख्या आकाशिएर नयाँ रेकर्ड कायम हुन थालेको छ ।

वल्डोमिर्टसका अनुसार शुक्रबार यो समाचार तयार पार्दासम्म भारतमा ५४ हजार ९६६ जना संक्रमित थपिएका छन् । जहाँकी यसअघि बुधबार र बिहिबारको तुलनामा प्रतिदिन ३ हजारको दर बढीरहेका बेला शुक्रबार झनै आकाशिएसँगै कोरोनाका कारण भारतपनि गहिरो समस्यामा फस्दै गएको छ ।

योसँगै भारतमा कुल संक्रमित संख्या १६ लाख ३९ हजार ३५० पुगेको छ भने १० लाख ५९ हजार ९३ संक्रमणमुक्त भएका छन् ।

त्यस्तै ५ लाख ४४ हजार ४७१ जनाको उपचार भइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा ७८३ जनाले ज्यान गुमाएका छन् भने कुल ज्यान गुमाउनेको संख्या ३५ हजार ७८६ पुगेको छ ।

प्रतिकृया दिनुहोस्