Monday, November 23

आज श्रावण पुत्रदा एकादशी, आजको दिन व्रत बसेमा तपाईका अधुरो रहेका यि इच्छा पुरा हुन्छन्

July 30, 2020 356

काठमाडौँ । आज श्रावण पुत्रदा एकादशी । पद्म पुराणका अनुसार सांसारिक सुख प्राप्ति तथा पुत्र लाभका लागि पुत्रदा एकादशी व्रत फलदायी मानिन्छ ।

ज्योतिषाचार्य शिवराज रेग्मीका अनुसार सन्तानहीन या पुत्रहीन मानिसहरुले यो व्रत लिएको खण्डमा फल प्राप्ति हुन्छ ।

ओएस नेपालसँगको कुराकानीमा ज्योतिषाचार्य रेग्मीले यस एकादशीको व्रत बस्नका लागि अघिल्लो दिन अर्थात दशमीकै दिनदेखि लसुन प्याज तथा मांसाहारी भोजन खान नहुने बताए ।

यस दिन नुवाई धुवाई गरेर चोखो भएर ब्रर्त बस्नुपर्ने रेग्मी बताउँछन् । ज्योतिषाचार्य रेग्मीका अनुसार साउन र पुस शुक्लपक्षको एकादशीमा पुत्रदा एकादशी मनाइन्छ।

प्रतिकृया दिनुहोस्