Saturday, November 28

भारतस्थित ससुरालीबाट श्रीमतीसहित नेपाल आएका अर्का पुरुषको पनि कोरोनाका कारण निधन, नेपालमा आज एकै दिन ३ जनाले गुमाए ज्यान

July 29, 2020 187

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । बुधबार मात्रै ज्यान गुमाउने उनी तेस्रो संक्रमित पुरुष हुन् । ज्यान गुमाउनेमा मोरङको सुनवर्षी नगरपालिकाका ४५ वर्षीय पुरुष रहेको विराटनगरस्थित कोसी अस्पतालबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले ओएस नेपाललाई जानकारी दिए ।

कोसी अस्पतालबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएर स्वास्थ्य अवस्था गम्भीर रहेकाले तत्काल भेन्टिलेटरमा राखेर उपचार थालेको भएता पनि उनको उपचारकै क्रममा निधन भएको हो ।

ती पुरुष भारतस्थित ससुरालीबाट श्रीमतीसहित १० दिन अगाडि आएका थिए । पछिल्लो समय भारतबाट आउनेहरुको संख्या घटेता पनि विराटनगर महानगरमा समुदायमा कोरोना फैलिएको भन्दै महानगरले अत्यावश्यक सेवा बाहेकका सबै सेवा ठप्प पारिएको छ । मोरङमा हालसम्ममा चिकित्सक, प्रहरीलगायत गरी २ सय ९४ जना संक्रमित भएकामध्ये १ सय ९३ जना डिस्चार्ज भइसकेका छन् ।

प्रतिकृया दिनुहोस्