Wednesday, October 21

काठमाडौं उपत्यकामा थप १५ जनामा कोरोना

July 29, 2020 125

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा बुधबार थप १५ जनामा कोरोना संक्रमण देखिएको हो ।

काठमाडौंमा १४ जना र भक्तपुरमा एक जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । बुधबार ६ हजार ३७ जनामा गरिएको पीसीआर परीक्षणमा देशभर दुई सय १० जनामा कोरोना पोजेटिभ देखिएको छ ।

प्रतिकृया दिनुहोस्