Monday, November 30

भारतबाट आएकाहरु नेपालमा सिधै घरमा पस्न थाले, होम क्वारेन्टिनमा बसेका अर्का एक जनामा पनि देखियो कोरोना

July 28, 2020 133

बुटवल । भारतबाट धमाधम नेपाल फर्किने नेपालीको संख्या बढीरहेका बेला थप १ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ ।

भारतबाट रुपन्देहीको बेलहिया नाका हुँदै दुई साताअघि नेपाल आएर होम क्वारेन्टिनमा बसेका बुटवल उपमहानगरपालिका वडा नं। १३ का एक पुरुषको स्वास्थ्य परिक्षणका क्रममा कोरोना संक्रमणको पुष्टि भएको बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत कुन्दनकुमार सिंहले ओएस नेपाललाई जानकारी दिए ।

चिकित्सकका अनुसार उनलाई बुटवल देवीनगरस्थित एन्फा एकेडेमीको आइसोलेसनमा राखेर थप उपचार सुरु गरिएको छ । पछिल्लो समय भारतबाट आउनेहरुको संख्या उर्लिएसँगै नेपाल पनि खतराको सूचिमा परेको छ । तर नेपालमा सावधानी भने त्यति राम्रो देखिएको छैन ।

प्रतिकृया दिनुहोस्