Monday, October 26

बलिउडका चर्चित एक्सन निर्देशक परवेज खानको दुखद निधन, शोकमा बलिउड

July 28, 2020 123

काठमाडौं-बलिउडका चर्चित एक्सन निर्देशक परवेज खानको निधन भएको छ । भारतिय मिडियाका अनुसार उनको सोमबार हृदयघातका कारण निधन भएको हो । खानका सहायक निशान्त खानले सोमबार बिहान उनलाई हृदयघात भएपछि अस्पताल पु।्याए लगत्तै मृत घोष्णा गरेको बताए ।५५ विर्षय खान सन् १९८६ देखि फिल्म इन्डष्ट्रिमा काम गरिरहेका थिए ।

उनको निधनले बलिउड शोकमा परेको छ ।परवेज खानले अक्षय कुमार र शाहरुखसँग पनि फिल्ममा एक साथ काम गरेका छन् । उनले अक्षय कुमारको ‘खिलाडी’, शाहरुख खानको ‘बाजिगर’ र बबी देओलको ‘सोल्जर’ जस्ता फिल्ममा काम गरेका थिए ।

सैफ अली खानको फिल्म एजेन्ट विनोद,रामगोपाल वर्माको फिल्म ‘अब तक छप्पन’ मा पनि काम गरेका थिए । फिल्मनिर्माता हंसल मेहताले ट्वीट गर्दै लेखे, ‘एक्सन निर्देशक परवेज खानको निधनले मर्माहित बनाएको भन्दै ट्विट गरेका छन् ।

प्रतिकृया दिनुहोस्