Thursday, March 4

आज चर्चित हाँस्य कलाकार जितु नेपाल ‘मुन्द्रे’को जन्मदिन

June 15, 2020 324

काठमाडौ, असार -१ आज चर्चित हाँस्यकलाकार जितु नेपालको जन्मदिन परेको छ । आज अर्थात असार १ गते उनको जन्म दिन परेको छ । उनको जन्मदिनमा बिहानै देखि शरभकामना दिनेको ओइरो लागेको छ ।

आजबाट ४५ वर्षमा लागेका उनि हाँस्य टेलिशृङ्खला ‘जिरे खुर्सानीबाट चर्चामा आएका हुन् । उनले हाँस्य टेलिश्रिङ्खला मार्फत दर्शकहरूलाई मनोरन्जन प्रदान गर्छन्। जितु नेपालले ट्वाक्क टुक्क नामक हाँस्य टेलिशृङ्खलाबाट चलचित्र जिवनको सुरुवात गरेका हुन्। त्यसपछि जितु नेपालले करिब तिन दर्जन चलचित्रमा अभिनय पनि गरिसकेका छन् ।

हाल दर्शकसामु मुन्द्रे भनेर चिनाउने टेलिश्रिङ्खला भने जिरे खुर्सानी हो। जितु नेपाल र शिवहरि पौडेलले जिरे खुर्सानी टेलिश्रिङ्खला सन् २००३ देखि नेपाल टेलिभिजनबाट सन्चालनमा ल्याएका हुन्।

दर्शकलाई हसाउन र स्वस्थ राख्न भन्दै हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ले सञ्चालन गर्ने ‘मुन्द्रेको कमेडी क्लब ‘नेपाल टेलिभिजन’बाट हरेक सोमबार राति प्रशारण हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस्