Tuesday, November 24

घर नभएकालाई घर नै किनीदिएका मनकारी अभिनेता सोनु सुदले गरिब किसानलाई ट्रयाक्टर दिए

July 27, 2020 129

काठमाडौं । भारतीय अभिनेता सोनु सुद पर्दामा जति कठोर देखिन्छन् वास्तविक जीवनमा भने उनी त्यो भन्दा कैयौँ गुणा मनकारी छन् । दबंगमा उनले निभाएको खल पात्रको भूमिका हेर्नेले सोनुले गरेको वास्तविक जीवनको काम नपत्याउन सक्छन् ।

लकडाउनमा अप्ठ्यारोमा परेका मजदुरलाई राहात बाँड्दै घर समेत दिएर चर्चामा आएका सोनुले फेरी अर्को मनछुने काम गरेका छन् । सोनुले आन्ध्र प्रदेशको एक किसान परिवारलाई यतिबेला खेत जोत्ने ट्र्याक्टर सहयोग गरेका छन् ।

भारतीय एक कृषक महिलाले आफ्ना २ छोरीहरुलाई जुवामा नारेर खेत जोतिरहेको सुने लगत्तै उनले ति नानीहरुको पढाईको जिम्मा लिँदै उनको परिवारलाई खेत जोत्ने ट्रयाक्टर सहयोग गरेका छन् ।
सोनुले सामाजिक सञ्जाल ट्विटरमा किसनका छोरीहरुले पढाइमा ध्यान दिनु पर्ने र किसानलाई जोत्न गोरुको व्यवस्था गर्नु पर्ने बताउँदै उक्त स्थानमा नै गरेर राहात सामाग्री वितरण गरको हुन् । सोनुले गरेको सहयोगको आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडुले तारिफ गर्दै उक्त भिडियो सेयर गरेसँगै भाइरल बनेको छ ।

प्रतिकृया दिनुहोस्