July 27, 2020 185
केही दिनअघि टिकटकमा एउटा भिडिओ भाइरल भयो। भिडिओमा एक जना व्यक्तिले पिँठ्युमा चामलको बोरा बोकेका थिए। निलो प्लास्टिक पनि ओढेका। बोराको भारी बोकेर बर्खामा उर्लेको खोला तर्न खोज्दै गरेका उनलाई भेलले तीन बल्ड्याङ खुवायो।
उनले भेलको भुल्कोमा चामलसहित तीन-चार डुबुल्की मारे। चामल र उनी दुवै बगे। तै पनि उनी हारेनन्।
खोल्सोमा खस्नै लागेको आफू र चामल दुवैलाई जोगाए। र, बोरासहित किनार लाग्न सफल भए।
प्रतिकृया दिनुहोस्