Sunday, October 25

दुखद खबर : सोमबारको ब्रत बसेकी २६ वर्षीया सन्तोशी बोहोराको ट्रकले लियो ज्यान

July 27, 2020 152

कैलाली, साउन १२ । कैलालीमा ट्रकले स्कुटरलाई ठक्कर दिदा युवतीको निधन भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको बौनियामा ना ६ ख ३३४० नम्बरको ट्रकले से ६ प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक २६ वर्षीया सन्तोशी बोहोराको निधन भएको प्रहरीले जनाएको छ। उनी लम्कीचुहा नगरपालिका वडा नम्बर ६ की स्थानीय हुन्। ट्रक र चालक सुर्यराज चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्