Tuesday, October 27

लोडसेडिङको अन्त्य गरेर सारा नेपालीको हिरो बनेका कुलमान घिसिङको कार्यकाल सकिन लाग्यो, कुलमान गएपछि लोडसेडिङ होलाकी भन्ने पिरलो

July 27, 2020 83

काठमाडौं- लोडसेडिगं अन्त्य गरेर चर्चामा आएका कुलमान घिसिङको कार्यकाल अर्को महिना सकिन लागेको छ । आउँदो भदौ २९ गते उनको कार्यकाल सकिन लागेको हो । आफ्ना कार्यकालमा धेरै राम्रा काम गरेर जनताका मनमा बास बस्न सफल उनी २०७३ सालको भदौ २९ गते मन्त्रिपरिषद् बैठकबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । अब उनलाई सरकारले दोहोर्‍याउछ वा दोहोर्‍याउदैन त्यो भने हेर्न नै बांकी छ ।

घिसिङलाई अर्को ४ वर्षको लागि कार्यकारी निर्देशकमा पुनः नियुक्ती गर्नको लागि कुनै ऐन, नियम बाधक छैनन् । यसमा विभागीय मन्त्री वर्षमान पुन र प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा भर पर्छ ।

देशले सधै हिउँदमा दैनिक १८ घन्टासम्मको लोडसेडिङ भागेको थियो तर कार्यकारी निर्देशक घिसिङ प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएपछि २०७३ सालको लक्ष्मीपूजाको दिनदेखि काठमाण्डौ उपत्यकालाई लोडसेडिङमुक्त बनाएका थिए । कार्यकाल सम्हाल्दा ९ अर्ब रुपैयाँ घाटामा रहेका प्राधिकरणलाई घिसिङले आर्थिक वर्ष २०७५र७६ सम्म ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ खुद नाफामा लगेका थिए ।

प्रतिकृया दिनुहोस्