Monday, October 26

भगवान् शिवको ब्रत बसेकी सन्तोषीको स्कुटीलाई ट्रकले दियो ठक्कर, २६ वर्षीया सन्तोषीको गयो ज्यान

July 27, 2020 186

काठमाडौं, साउन १२ । ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक युवतीको ज्यान गएको छ । घटना हो कैलालीको ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको बौनियामा ना ६ ख ३३४० नम्बरको ट्रकले से ६ प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक लम्कीचुहा नगरपालिका वडा नम्बर ६ की २६ वर्षीया सन्तोशी बोहोराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले ओएस नेपाललाई जानकारी दियो । सन्तोषी आज सोमबारको ब्रत बसेकी थिइन् ।

प्रहरीले ठक्कर दिने ट्रकका चालक सुर्यराज चौधरीलाई पक्राउ गरेको छ ।

प्रतिकृया दिनुहोस्