Tuesday, October 27

यी युवाको उदाहरणीय काम, आफ्नै खर्चमा सडक मर्मत !

July 26, 2020 81

काठमाडौं, कैलालीको बर्दगोरियाका एक युवाले उदाहरणीय काम गरेका छन । वडा नम्बर ३ का स्थानीय युवा मोहन भट्टराईले आफ्नै खर्चमा सडकमा भएका खाल्डाखुल्डी पुरेका छन । पटक पटक मर्मत हुदा समेत समस्या समाधान नभएको तथा लोड बोकेका ट्रयाक्टर र टिप्परहरु हिडेर खराव भएको सडक मर्मतमा आफै जुटेको भट्टराई बताउछन ।मर्मतका लागि सरकारलाई कती भनिरहनु । उनले भने- केही जिम्मेवारी त आम नागरिकहरुको पनि त हो । सरकारले हामीलाई के दियो भन्नु भन्दापनि सरकारलाई मैले कती र कसरी सहयोग गरेको छु भन्ने कुरा मुख्य भएको उनको धारणा छ ।

आईतबार उनले आफ्नै खर्चमा ट्रयाक्टर मार्फत बालुवा ढुवानी गर्नुका साथै आफु सहित कामदार परिचालन गरी सडकमा ग्राभेल फिजाउने काम समेत गरेका छन । सरकारको आलोचना गर्ने काममा मात्रै सिमित नभई आम नागरिक तथा युवाहरुले सरकारलाई दबाब सृजना गर्न रचनात्कम उपाय अवलम्बन गर्नु पर्ने उनको भनाई रहेको छ ।

प्रतिकृया दिनुहोस्