Monday, October 26

एकैदिन २० प्रहरीमा कोरोना देखिएपछि प्रहरी कार्यालय सिल

July 26, 2020 200

काठमाडौं-प्रहरी कार्यालय, विराटनगरमा कार्यरत २० जना प्रहरीमा एकैदिन कोरोना देखिएको छ । प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृतका बडीगार्डसहित २० जनालाई कोरोना देखिएको बताइएको छ । १६० जनाको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएकोमा २० जनामा कोरोना पुष्टि भएको हो ।

एकै दिन यति धेरै प्रहरीमा कोरोना देखिएपछि कार्यरत सबै प्रहरीलाई क्वारेन्टिमा राखिएको छ भने १ नम्बर प्रदेश प्रहरी कार्याल्य सिल गरिएको छ ।हालसम्म ९५ जना प्रहरी कोरोनालाई जितेर घर फर्केका छन् ।

प्रतिकृया दिनुहोस्