Monday, November 23

एसिड पीडित युवतीलाई स्वास्थ्यमन्त्रीले भने- ‘उपचारमा सरकारले सहयोग गर्छ’

July 26, 2020 110

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले तेजाब प्रहारबाट घाइते युवतीको स्वास्थ्यावस्थाका बारेमा जानकारी लिएका छन् । मन्त्री ढकालले आज कीर्तिपुर अस्पताल पुगी उपचाररत पीडित युवतीलाई भेटेर उनको उपचारमा सरकारले सक्दो सहयोग गर्ने बताए । ‘तपाईँको उपचारमा सरकारका तर्फबाट सक्दो सहयोग हुन्छ’, पीडितसित कुरा गर्दै उनले भने, “घटनामा संलग्नलाई हदैसम्मको कारवाही हुन्छ ।” सो अवसरमा मन्त्री ढकालले पीडितका आफन्त तथा चिकित्सकसित उपचारबारे जानकारी लिएका थिए ।

उनीसँगै सांसद यज्ञराज सुनुवार पनि पीडितलाई भेट्न अस्पताल पुगेका थिए । सो अवसरमा मन्त्री ढकालले कीर्तिपुर अस्पतालको अवस्थाबारे त्यहाँका पदाधिकारी तथा चिकित्सकसित जानकारी लिएका थिए । स्थानीय सीतापाइलामा बस्दै आएकी ओखलढुङ्गाकी २२ वर्षीया युवतीलाई बिहीबार साँझ भारतको विहार घर भई डल्लु बस्दै आएका फैयाज आलमले तेजाब प्रहार गरेका थिए । फैयाजलाई उनीसँगै बस्दै आएका रौतहट लक्ष्मीपुर–४ का मोहम्मद आलमले युवतीमाथि तेजाब छ्याप्न लगाएका थिए ।

प्रतिकृया दिनुहोस्