Tuesday, October 27

काठमाडौं जिल्लाका थप आठ जनामा काेराेना संक्रमण

July 26, 2020 80

काठमाडौं जिल्लाका थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको मिडिया ब्रिफिङमा डा जागेश्वर गौतमले विभिन्न तीन वटा प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका आठ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका दुई जनामा संक्रमण देखिएको हो ।

त्यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौंका तीन जना र स्टार अस्पताल प्रयोगशाला सानेपामा काठमाडौंका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज देशभर थप एक सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस्